Logo

काश्मिर मामलामा हस्तक्षेप नगर्न भारतले दियो पाकिस्तानलाई चेतावनी



भारतले काश्मिरबारे लिएको निर्णय आन्तरिक मामला भन्दै पाकिस्तानलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । २३ साउनमा भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् पाकिस्तानले भय उत्पन्न गर्न प्रेरित गर्ने गतिविधि गर्न खोजेको आरोप समेत लगाएको छ ।

‘भारतको संविधान सार्वभौम विषय हो,’ विज्ञप्तिमा भनिएको छ,‘भय उत्पन्न गर्न प्रेरित गरी न्यायिक क्षेत्राधिकारको मामलामा हस्ताक्षेपको प्रयास कदापि सफल हुँदै ।’ उसले पाकिस्तानले भारतसँगको कुटनीतकि सम्बन्ध घटाउन गरेको निर्णय आश्चर्यको विषय पनि नभएको बताएको छ ।

पाकिस्तानले जम्मु र काश्मिरको पछिल्लो विकसित घटनाक्रमलाई पाकिस्तानले नकारात्मक तरिकाले प्रस्तुत गर्नु आश्चर्यको विषय नभएको भन्दै यसबाट उत्पन्न नकारात्मक भावनाहरुलाई सीमापार आतंकवादको औचित्य पुष्टि गर्न प्रयोग गर्न सक्ने भनेको छ ।

पाकिस्तानले २२ साउनमा सुरक्षा परिषदको बैठकबाट भारतसँगको कुटनीतिक सम्बन्ध घटाउने, व्यापार सम्बन्ध स्थगन गर्ने, काश्मिर मामलामा भारतको निर्णयलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको थियो । पाकिस्तानको निर्णयको भोलिपल्ट भारतले धारणा बाहिर ल्याएको हो ।

भारतले पाकिस्तानलाई आफ्नो निर्णय पुर्नविचार गरी सम्बन्धलाई जोगाइराख्न आग्रह समेत गरेको छ । उसले पाकिस्तानको हिजोको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्