Logo

अर्पाटमेन्टमा जुवाखाल, प्रहरीले छापा मार्दा २१ युवक पक्राउ



ललितपुर । डाउनटाउन अर्पाटमेन्टमा जुवाखाल भेटिएको छ । प्रहरीले उक्त अर्पाटमेन्टमा कौडा तथा जुवातास खेलिरहेकाहरुलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका २३ धापाखेलस्थित अर्पान्टमेन्टमा जुवा खेलाउने रंजित महर्जनलाई पक्राउ गरेको हो । उनले डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलाइरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा एक सेट र एक बुक तास बरामद भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । सातदोबाटो वृत्तबाट खटिएको टोलीले लामो समययता जुवा खेलाउने समूहलाई पक्राउ गरेको थियो ।

अर्पाटमेन्टमा जुवा खेलाउनेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्