Logo

मोटरसाइकल आगो लगाउने युवक पक्राउ



अछाम । मोटरसाइकलमा आगो लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । २२ साउनको साँझ पञ्चदेवल विनायक नगरपालिका ६ तोलीस्थित पार्किङ गरी राखेको लु.३४ प५६७४ नम्बरको मोटरसाइकलमा सोही ठाउँ बसने २५ वर्षीय बमबहादुर रावलले आगो लगाएका थिए ।

२१ साउनको बिहान उक्त मोटरसाइकलमा आगजनी हुँदा पूर्णरुपमा क्षति भएको र सोही स्थानमा पार्किङ गरी राखिएको को. से.५ प८०३१ नम्बरको मोटरसाइकल समेत जलेर क्षति भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम