Logo

प्रधानमन्त्रीको नामको पाँच अरब कहाँ गयो ?



डा. डिला संग्रौला, सांसद/ प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यापक दुरुपयोग भएको छ । पाँच अरव रकम छुट्टाइएको यस कार्यक्रमलाई हेर्दा यसको बजेट, सडकको नाली सफा गर्ने, झार उखेल्ने, बादर लखेट्ने, ढुंगा बिछ्याउने जस्ता काममा खर्च गरेको देख्दा यसको जताजतै उपहास भएको छ । फेरी रकम अपुग भयो भनि प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न सरकारले १३ अर्व रुपैया ऋण विश्व बैकबाट लिदैछ, किन ? यस कार्यक्रमले न त युवाहरुलाई आत्मनिर्भर बनाउन सकेको छ न त सदुपयोग भएको छ ।

तीन महिना देखि काम विहिन भई साउदी अरेवियाको राजधानी रियादमा ३५ जना नेपालीहरु अलपत्र परेर एक साता देखि दुतावासमा बसिरहेका छन् । उनीहरुलाई काठमाडौ स्थित जे भि आर मेनपावर कम्पनीले फर्निचर कामको लागि पठाएको थियो । कमाइ भएन कुनै काम पनि दिइएन । त्यसैले मेनपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार गर्नुपर्दछ ।

सरकारले १४ वटा क्षेत्रमा दक्षता हासिल गरेका नेपालीलाई रोजगारीका लागि जापान पठाउने भनेको छ तर शुरुमा कुन क्षेत्रलाई पठाउने स्पष्ट नपार्दा भाषा सिकाउने नाममा ठगी गर्ने प्रवृत्ति मौलाएको छ ।

नेपालको प्रमुख गन्तव्य स्थल मलेशिया जान किन रोकियो ? सरकारले शून्य लागत भनेता पनि १० हजार भरपाई गराएर दुई लाख सम्म असुली ठगी गर्ने कम्पनीलाई सरकारले किन कारवाही गर्न सकेन ? (सांसद डा. डिला संग्रोलाले प्रतिनिधिसभा बैठकमा २३ गते उठाएको विषय)



प्रतिक्रिया दिनुहोस्