Logo

लागूऔषध सहित दर्जनौं पक्राउ



काठमाडौ । लागूऔषधसहित देशका विभिन्न स्थानबाट दर्जनौं पक्राउ परेका छन् । उनीहरु लागुऔषध सेवन देखि ओसारपसारको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका हुन् ।

उदयपुर,त्रियुगा नगरपालिक ६ जलजले बस्ने मनोज चौधरी, सन्तोष चौधरीलाई अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित २२ साउनको साँझ प्रहरीले पक्राउ गरेको छ । जलजलेबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ जाँदै गरेको स.९ प ८२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

मोरङ, सुनवर्षी नगरपालिका ८ सिक्टीस्थितबाट मिक्लाजुङ गाउँपालिका ९ बस्ने गोविन्द प्रसाद भण्डारी र रतुवामाई नगरपालिका ५ घोपाबाधटोल बस्ने दिपक पौडेललाई नियन्त्रित लागूऔषध १ सय एमएलको कोरेक्स डिसी पाँच बोतल र पौरुष जीवन ८४ क्याप्सुल भएको आठ प्याकेट सहित २२ साउनमा प्रहरीले पक्राउ गरेको हो । को.५ प १५९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले वताएको छ ।

झापा, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिली ग्राम सहित २२ साउनमा तीन युवकहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा संखुवासभा खादबारीनगरपालिका ३ बस्ने बिक्रम राइ, झापा बिर्तामोड नगरपालिका २ बस्ने तुम्बा भन्ने निर्मल चौधरी, र झापा बिर्तामोड नगरपालिका ४ बस्ने कल्याण क्षेत्री रहेका छन् । पक्राउमध्ये राईको साथबाट १ सय २५ मिली ग्राम, चौधरीको साथबाट ६ सय मिली ग्राम र क्षेत्रीको साथबाट १ सय २५ मिलि ग्रामउक्त पदार्थ प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्