Logo

सारा लुटपाट चलेको देखिन्छ– युवराज ज्ञवाली, स्थायी कमिटि सदस्य, नेपाल कम्युनिष्ट पार्टी



नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य युवराज ज्ञवालीसँग लामो राजनीतिक अनुभव छ । बौद्धिक नेताको परिचय बनाएका ज्ञवाली सटिक र स्पष्ट बोल्छन् । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा लिएको अन्तवार्ताः

देशमा सरकारी जग्गा कब्जा गर्नेलाई के कारणले कारबाही गर्न सकिएन ?
कारबाही गर्नको लागि देशको कुन कुन ठाउँमा कति कति जग्गा अतिक्रमण भएको छ त्यसको खोज अनुसन्धान भइरहेको छ । त्यसको लागि कार्यदल, छानबिन समितिहरु बनिराखेका छन् । तिनीहरु खोज अनुसन्धान गदैछन् । यो प्रक्रिया देशभरि अगाडि बढिराखेको छ । विभिन्न ठाउँमा त्यस्ता घटनाहरु पत्ता लाग्दै छन् । पत्ता लगाउनु, ल्याउनु सकरात्मक विषय हो । त्यो कारबाहीको तहमा जानुपर्छ र जान्छ ।

भूमाफियाहरुसँग पैसाको चलखेल छ, उनीहरुलाई कारबाही गरिएला ?
बिचौलिया तमाम मानिसहरुले विभिन्न ठाउँमा मान्छेहरुलाई किन्ने र आफ्नो पक्षमा लिने र कारवाहीका पक्षलाई थाती राख्ने, ओझेलमा राख्ने काम भइराखेका छन् । अब चाहिँ त्यसो हुन सक्दैन । कारबाहीको प्रक्रिया अगाडि बढ्छ, बढाउनुपर्छ यसमा व्यापक रुपमा जनदबाब सिर्जना गर्नुका साथसाथै पार्टी भित्र र बाहिरबाट पनि जनताले आवाज उठाइरहनुपर्छ ।

आवाज उठिरहेको छ मिडियावाट आइरहेको छ समाचार किन पढ्नु हुन्न तपाईहरु ?
नियमित रुपमा पढिराखेका छौ हामीले आफ्नोे आफ्नो ठाउँमा भनिराखेका छौ, कुरा उठाइराखेका छौ । यो चीजलाई यत्तिकै छोड्नु हुदैन । लगातार रुपमा जारी राख्नुपर्छ यसमा सबैको दायित्व हो । मुख्य रुपमा सरकारको हो । सरकार लागिराखेको छ र जनताको तर्फबाट पनि सबै लाग्नुपर्छ ।

तर सरकारी जग्गामा भूमाफियाको आँखा छ, व्यक्तिको नाममा लालपुर्जा बनाएर हत्याउने प्रयत्न गदैछ ।
व्यापक रुपमा भएको छ । सारा लुटपाट चलेको देखिन्छ । यो एउटा लडाई हो, संघर्ष हो । हिजो पञ्चायत र राजतन्त्र हटाउन जुन एक खालको लडाई लडियो आन्दोलन गरियो तर अहिले यो कानुनी रुपमा सरकार र जनता सबै लागेर यसलाई निमिट्यान्न गर्नुपर्छ । यसको लागि समय लाग्न सक्छ । मान्छेको खुट्टा कमाइदिन सक्छन् कतिपय मानिसहरुमा लोभ जाग्न सक्छ । तर यसलाई टुङ्गाएर जानुपर्छ । यसका लागि लामो समय लाग्न सक्छ । निरन्तर रुपमा चलाइरहनु पर्ने संघर्ष हो यो ।

त्यसो भए ललिता निवास जग्गा प्रकरणको दोषी काररबाहीमा पर्ला ? ठूला माछा छ नि त त्यहा ? 
पनैपर्छ । गल्ती जसले गरेको छ खाएको छ मिचेको छ जसले त्यसबाछ फाइदा उठाएको छ उसलाई कारबाही हुनुपर्छ ।

कारबाही त हुनुपर्छ, तर ठूला माछालाई कसरी कारबाही गर्ने ?
ठूला हुन कि साना हुन सबैलाई कारबाही गर्नुपर्छ ।

तर हाम्रो देशका ठूला माछाहरु उम्किरहेका छन् अहिलेसम्म ?
ठूला माछा उम्कने एउटा स्थिति छ तर क्रमश ठूला माछाहरु पनि पदैछन् अख्तियारकै पूर्व प्रमुखहरु,अख्तियारकै सदस्यहरु आइरहेका छन् । राजनैतिक व्यक्तिहरु प्नि रहेछन् भने तिनीहरु प्नि पर्छन् ।

राजनैतिक व्यक्तिलाई त प्रधानमन्त्री पार्टी अध्यक्षको संरक्षण हुन्छ नि ?
जसले गल्ती गरेको छ उनीहरुलाई संरक्षण हुदैन जसले गल्ती गरेको छ त्यसको प्रमाणित हुनुप¥यो, अनुभवको भरमा कसैलाई आरोप लगाउनु भएन कसैको चरित्र हत्या गर्नु भएन । साच्चै गल्ती कसले गरेको छ साच्चै खाएको कसले हो लिएको र दिएको कसले हो यो सबैको कानुनी रुपमा खोज गर्नुप¥यो । अनुसन्धान गरी सबै कुरा पत्ता लगाउनुप¥यो र तथ्यका आधारमा अगाडि जानुप¥यो ।

तर तपाईले हेर्नुभएको छ ललितपुरको कतिपय गाउँ तथा नगरपालिकामा जताततै ढुङ्गाखानीहरु छन् किन यस्तो हुन्छ भन्नुहोस् त ?
ललितपुर मात्र होइन देशैभर यस्तो देखिन्छ र आइरहेको छ सबै ठाउँबाट ।

त्यसो भए त्यहाँ पनि कारबाही हुन्छ ?
सबै ठाउँमा कारबाही हुनुपर्छ ।

सर्तकर्ता केन्दले सिडियो, एस एस पी. नेर, जिल्ला बन प्रमुख सहित सबैलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ तर अख्तियारले कारबाही गर्न सकेको छैन ?
अख्तियारले हेदै र अध्ययन गदै छ होला कसलाई गर्न हुने कसलाई गर्न नहुने भनेर त्यसको मसिनो अध्ययन गर्नुपर्छ ।

हाम्रो देशमा जग्गा हडप्ने र घुसकाण्ड मच्चाउने किर्तिमान बन्दैछ, यसरी काम चल्छ ?
यो स्थिति यही बेला हो । कम्युनिष्ट पार्टीको दुई तिहाइको बहुमतको सरकार भएको अवस्थामा यो सरकारले पनि गर्न नसक्ने हो भने त कसैले गर्न सक्ने स्थिति रहन्न् । यसैबेला नै गर्ने हो । सुरुवात पनि भएको छ । सबै ठाउँबाट सबै लाग्नुपर्छ ।

ललितानिवास जग्गा प्रकरणमा सबैभन्दा बढी घुस जग्गा नै दिएको रहेछ नि ?
हो आएको छ कसले दिएको हो कसले खाएको हो भन्ने मान्छे पत्ता लगाउनुप¥यो ।

अब आफ्नो नाममा जग्गा घुस लिने अनि काम गरिदिने मान्छे छन् हाम्रो देशमा ?
मुलुक बिग्रेको नै यसरी हो । दिने खाने भष्ट्रचार यसले नै हाम्रो देश बरर्बाद भएको छ । अब यो भष्ट्रचार विरुद्धको लडाई सम्पूर्ण जनताको लडाई हो । भष्ट्रचार अन्त्यको लागि हामी सबै लाग्नुपर्छ ।

अब हाम्रो देशको विकास,सम्बृद्धि,राजनैतिक स्थायित्व, आर्थिक क्रान्तिको लागि वर्तमान सरकारले काम गर्न सकेन नि फेरी ?
सरकार लागिराखेको छ । प्रयत्न गरी राखेको छ । निरन्तर प्रयत्न जारी छ सरकारको तर कमी कमजोरी होलान् जनताले अपेक्षा गरे अनुसारको काम नभएको त्यो पनि हो । जनतामा त्यो गुनासाहरु व्यापक रुपमा आएका छन् तर सरकारले गदैनगरेको र चासो नराखेको भने होइन । सरकार आफ्नो तर्फवाट निरन्तर लागिराखेको छ ।

नयाँ बसपार्कको जग्गा पनि आफ्नो नाममा कव्जा गरेको छ नि ?
यो मेचीदेखि महाकालीसम्म भएको छ । यो गनि साध्य छैन । जे मन लाग्यो त्यही छ ।

त्यसो भए जग्गा प्रकरणमा जोसुकै होस् कारबही हुन्छ ?
तिनलाई कुन किसिमको दण्ड सजाय हुने हो या असुल उपर के गर्नुपर्ने हो सबै हुन्छ ।

मेलम्चीमा पनि खेलवाड भयो नि किन ?
किनभने कृष्ण प्रसाद भट्टराईको पालादेखि अहिलेसम्म मेलम्चीको गीत गाएको गाई, अहिले सम्म हुँदैन । यो देशको लागि लजास्पद कुरा हो । अझै पनि मेलम्ची पानी आउन सकेको छैन त्यसमा सरकारले अब नयाँ ठेकेदारलाई जिम्मा दिने र काम अगाडि बढ्छ भन्ने कुरा सुनिएको छ । अगाडि बढ्ला यसमा पनि ध्यान जान्छ ।

नेपाली जनतालाई खाना पकाउन, पिउने पानी छैन जनतालाई असाध्यै कठिन छ ? 
खाने पानी देखि लिएर सबै कुरामा जनताको स्थिति धेरै कठिन छ । विषादियुक्त खाना खानुपरेको छ । त्यही पनि अरबौको बाहिरबाट आयात गरेर विषादी मिसाएको रोगी हुनुपर्ने, बाटोमा हिँडदा हिलो धुला,खानेपानी नपाइने,पानी आउँछ हिलो हुन्छ,घाम लाग्छ धुलो उड्छ यो एउदा दुखद स्थिति छ । यसलाई सुधारेर जान जरुरी छ । यसको लागि सबै ठाउँबाट आवाज उठेको र प्रयत्न भइरहेको छ । यसमा सुधार र प्रगति होला हामी आशावादी छौ ।

अब मलेसिया जान नेपालीहरुलाई धेरै गाहे भयो नि किन ?
किन र कसरी रोकिएको छ बढो दुखद कुरा हो यो ।

मलेसिया गएर जनताले रोजगारी पाउथे नेपालको रेमिट्यान्स बढ्थ्यो ?
यसको समाधान छिट्टै खोज्नुपर्छ मन्त्री जी लागिराख्नु भएको छ । कहाँ कहाँ अड्केको छ,के समस्या परेको छ,यसको लागि मन्त्री र त्यहाँका सचिवहरुलाई विस्तृत रुपमा सोध्दा राम्रो होला ।

त्यसो भए अहिले प्रधानमन्त्री केपी शर्मा ओली सिङगापुर हुनुहुन्छ यो अवस्थमा प्रचण्ड सक्रिय भएर काम गरिराख्नु भएको छ उहाँले झनाथ खनाल,माधव कुमार नेपालकतिपय नेताहरुलाई भेटिरहनु भएको छ तपाईको पनि कुरा भइराखेको छ कि के हो ?
हैन कतिपपय आफ्ना पार्टीका नेताहरुसँग कुराकानी हुन्छ नहुने कुरा भएन तर अब उहाँहरु अलि घनिबुत रुपमा भेटिरहनु भएको होला । म निजिखोजी धेरै गर्दिन तर आफूलाई लागेको कुराहरु विभिन्न ठाउँमा भेट भएको अवस्थामा भन्ने, टेलिफोनबाट भन्ने, समस्याहरु बताउने, लेखेर भन्ने, बोलेर नै विभिन्न ठाउँमा आफ्ना विचारहरु राख्ने सबैले आफ्नो ठाउँबाट प्रयत्न गर्नुभएको छ ।

हैन सबैले गर्नुभएको छ तर परिणाम आएन ?
एकताको पार्टी एकीकरणको कुरा बाँकी छ केही थोरै त्यसलाई छिटो टुङ्गाउनुपर्छ । यसले नेतृत्वको कमजोरीको रुपमा दुनियाले देखिसक्यो । अब यसलाई छिटो समाधान गर्नुपर्छ । केन्द्रिय समितिका बैठक स्थायी समितिका बैठक बसेर समाधान गर्नुपर्छ ।

तर स्थायी समितिको बैठक बस्न सकेको छैन नि ?
आजसम्म बस्न सकेको छैन ७ महिना भइसक्यो । अब यो त लाजै मर्दो भइसक्यो । पार्टी छ बैठक बस्दैन । नेतृत्वले बैठक राख्न इच्छा पनि छैन किन यस्तो हुन्छ र अब यसको सोधखोजको सन्दर्भबाट छलफल गरेर यस बारेमा एउटा उचित निष्कर्षमा हामी पुग्नुपर्छ ।

तर, केन्द्रिय समितिको बैठक नबसेको त १८ महिना पुग्न लागिसक्यो पार्टी एकता भएपछि ?
हैन लाजै मर्दो भइसक्यो । कमिटि छ तर बैठक बस्दैन भने भएको र नभएको केही अर्थ हुदैन ।

त्यसो भए भागबण्डामा जान्छ पार्टी उसो भए ?
भागबण्डा त के भन्ने तर कार्य विभाजन त गर्नै प¥यो नि ।

कार्य विभाजनमा पनि विवाद नै छ ?
धेरै मिलिसकेको छ तर समय बाँकी छ यद्यपी तरिका जानेको भए यो तीन महिनामै सकिने काम हो । कुनै महाभारत होइन तर अलिकति तरिका पुगेन तरिका नपुगेको हुनाले ढिला भयो ।

त्यसो भए कार्य विभाजनमा सहमति हुन्छ ?
नभई सुखै छैन । सहमति भयो भने बहुमतको निणर्य गर्ने सचिवालयले सक्छ भने सचिवालयले गरेर ल्याउछ नभए स्थायी कमिटीमा आउने त्यहाँबाट टुङ्गिएन भने केन्द्रिय कमिटीमा जाने र कमिटिले जे भन्छ त्यो गर्ने । महाधिवेशन नहुँदासम्म चाँहि हाम्रो सर्वेसभा भनेको केन्द्रिय कमिटी हो ।

केन्द्रिय कमिटी भनेको कहिले आउँछ ? शिर्षनेताहरुले बसेर सबै कुरा टुङ्गाउँछन् ?
शीर्षनेताहरुले सके उहाँहरुले गर्नुप¥यो नसके कमिटीमा ल्याउननु प¥यो नि त । बैठकमा ल्याउनुपर्छ उहाँहरुले मात्र गरेर हुदैन । कुनै त्यो वैधानिक व्यवस्था छैन । उहाँहरुकै शीर्षनेता बस्ने सबै टुङ्गाउने भन्दा उहाँहरुले प्रस्ताव तयार गर्नुहोस त्यो राम्रो कुरा हो । त्यो कमिटीमा ल्याउनुपर्छ र कमिटीले पास गर्नुपर्छ ।

त्यसो भए स्थायी समितिको बैठकमा पनि छलफल हुन छोड्यो ?
बस्नैपर्छ । छलफल अधिवेशन भएको छैन ढिलो भयो छिटै स्थायी समितिको बैठक बस्नुपर्छ भनेर हामीले भनिराखेका छौ ।

स्कुल विभागको प्रमुख कसलाई बनाउने अब ?
स्कुल विभागको प्रमुख जसलाई बनाए पनि हुन्छ । स्कुल विभाग चलाउन हैसियत भएका प्रमुख भएर काम गरेका धेरै छन् त्यो मध्ये कसलाई बनाउनु पर्ने हो टुङ्गाउनुपर्छ । स्कुल विभाग चलाउने नेताहरु धेरै छन् हाम्रो देशभित्र ।

तर ईश्वर पोखरेलले दावी गर्नुभएको छ नि ?
दावी चाहिँ कस–कसले गर्ने एउटा कुरा हो । तर छिटो टुङ्गाउनुपर्छ ढिलो भयो ।

तर नारायणकाजी श्रेष्ठलाई दिनको लागि केपी शर्मा तयार हुनुहुन्न ?
उहाँहरुले सचिवालयबाट प्रस्ताव तयार गर्नुहोस् । छिटो गर्नुहोस ढिला भइसकेको छ । तर एउटा विभागमै अड्केको हो भने देखि त्यो त लजास्पद कुरा हो । नेताहरु कतिपयले बोल्नुभएको छ विभागमा अड्केको होइन अरु नै कुरा छन् भने छ । अरु विभिन्न विषयहरु प्नि हुन सक्छन् ।

अहिलेका मन्त्रीहरुले काम गरेनन् भन्ने तपाईको भनाई हो ?
हैन काम त गरिराखेका छन् परिणामहरु पनि विस्तारै आएका छन् । तर जनताले जस्तो सोचेको हो हुनु पर्ने हो जनताको अपेक्षा पूरा हुन सकेन । अपेक्षा पूरा भएन भने एउटा असन्तुष्टितिर जान्छ । काम गरिराख्नु भएको छ । प्रयत्न भइराखेको छ ।

अब संघीयता हाम्रो देशलाई अभिशाप भयो ?
हैन । संघीयताले एउटा आकार लिइ सक्यो । अगाडि बढिसक्यो । प्रदेशहरु बनेर धमाधम कामहरु भइराखेको छ । अब सन्तोषजनक ढंगले काम नभएको हुन सक्छ यो नयाँ अभ्यास पनि हो नि । हाम्रो देशलाई नयाँ अभ्यास भएको हुनाले कतिपय कमिकमजोरी कतिपय समस्याहरु केन्द्रले तल अधिकार दिन नचाहने यस्ता कति समस्या छन् । संविधानले प्रस्ट जे प्रदान गरेको छ त्यो अनुसार अगाडि बढेपछि संघीयता नेपालमा सफल हुन्छ । सफल पार्नुपर्छ । यसलाई विफल पार्ने ढंगले जानु हुँदैन ।

तर धेरै गाहे,अप्ठ्यारो चुनौतीहरु छन् । आर्थिक संकटतिर मुलुक जाँदैछ ?
देश सम्हाल्न त गाह्ैहुन्छ, कहाँ सजिलो हुन्छ र । आर्थिक संकट समाधान गर्न तरिका जान्नु प¥यो । कसरी मुलुकलाई अगाडि बढाउने हो निर्यात चाँहि कम हुने आयात चाँहि बढ्दै जाने निरन्तर रुपमा आयात बढिराखेको छ । यसलाई कसरी समाधान गर्ने यो तुरुन्तै समाधान त हुदैन । तर त्यसको लागि ठोस व्यवस्थित योजना आधारमा अगाडि बढ्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्