Logo

तत्काल कार्यालय हटाउन नेकपालाई कांग्रेसको चेतावनी, कश्मिर घटना भारतको निजी मामिला



काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपालाई तत्काल सरकारी जग्गाबाट आफ्नो पार्टी कार्यालय हटाउन चेतावनी दिएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो चेतावनी दिएका हुन् ।

उनले जग्गा भोगचनलसम्बन्धी नियम र नैतिकताविपरीत नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेको आरोप लगाएका छन् । उनले भने,‘नेकपाले गम्भीर गल्ती गरेको छ, यसमा उसले क्षमायाचना गर्नुपर्छ ।’ सत्तारूढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकताविपरित सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित तुल्याएको पनि शर्माको भनाई छ ।

उनले अघि थपेका छन्, यसले हामीलाई अत्यन्तै दुखित तुल्याएको छ, हामी आशा गर्छौं, यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित हुनबाट जोगाउनेछ।’

त्यस्तै, नेपाली कांग्रेसले भारतको जम्मु कश्मिरको घटना भारतको आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नरहेको स्पस्ट पारेको छ । शर्माले कश्मिर घटनाबाट नेपालमा पर्नसक्ने सुरक्षा चासोमा पनि टिप्पणी गर्न अस्वीकार गरे । उक्त घटनाबारे नेपाल सरकारले नै धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा उनले निजामती सेवामा ट्रेड युनियन अधिकार प्रतिबन्धित गर्ने विधेयककाविरुद्ध कांग्रेस उभिने र संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत सम्झौता नगर्ने बताए । जापान सरकारको सहयोगमा बनेको गोंगबु बसपार्कमा ‘जाइका’सँगको सहमतिविपरीत नजान माग गर्दै उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वसमेत मुछिएकाले आवश्यक कारबाही गर्नुपर्ने शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्