Logo

प्रणव मुखर्जीलाई भारत रत्न (भिडियोसहित)



भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भारत रत्नले विभूषित गरिएको छ । भारत सरकारको सबैभन्दा ठूलो नागरिक सम्मानबाट मुखर्जी २३ साउनमा विभूषित भएका हुन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई विभूषण प्रदान गरेका हुन् । भारत रत्नबाट भारतीय जन संघका नेता नानाजी देशमुख र गायक भूपेन हजारिकालाई प्रदान गरिएको थियो । देशभुख र हजारिकालाई मरणोपरान्त प्रदान गरिएको हो ।

भारतको सबैभन्दा उच्च विभूषणबाट विभूषित हुने थोरै जिवित व्यक्तिहरुमध्येमा प्रणव मुखर्जी परेका छन् । ११ डिसेम्बर सन् १९३५ मा जन्मिएका मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएका थिए । प्रणव दाको परिचय बनाएका उनी कँग्रेस आईका नेता थिए । उनले मनमोहन सिंहको प्रधानमन्त्रीत्वकालमा अर्थ र विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । Photo and video: @President of India 

https://twitter.com/rashtrapatibhvn/status/1159458009392619520/video/1



प्रतिक्रिया दिनुहोस्