बाबु भेट्न जेलमा जाँदा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी पक्राउ


पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मार्यम नवाज  पक्राउ परेकी छन । उनलाई भ्रष्टाचार गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीले बताएका छुन्।

इमरान खान नेतृत्वको सरकारले बनाएको लिस्टको पहिलो नम्बरमा उनको नाम रहेका कारण उनीमाथीको अनुसन्धानका लागी उनलाई पक्राउ गरिएको जनाइएको छ ।

 

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका बुवालाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो।

नवाज भने गत सन् २०१८ देखि सात बर्षे सजाय भोगीरहेका छन। उनी पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएर भ्रष्ट्रचारको मुद्वामा सजाय भोगीरहेका हँुन । नातेदारहरुमाथि पनि अनुसन्धान भइरहेको ।

Skip This

Omoda E5 Pro