Logo

प्रहरीले हतियार खरिद गर्ने (विवरणसहित)



काठमाडौं । नेपाल प्रहरीले आवश्यक हतियार खरिद गर्ने भएको छ । उसले हतियार खरिदका लागि २३ साउनमा टेण्डरका लागि सूचना निकालेको हो । टेण्डर हाल्न चाहनेले हतियार उत्पादक कम्पनिको वृस्तृत विवरण र एजेन्टको विवरण दिनुपर्नेछ ।

प्रहरीले खरिद गर्न लागेको हतियार र त्यसको मापदण्ड प्रहरी प्रधान कार्यालयमा प्राप्त गर्न सकिने उल्लेख छ । उसले केही बन्दोबन्दीका सामाग्रीसहितका हतियार खरिद गर्न लागेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार गोलीगठ्ठा र केही बन्दोबस्तीका सामाग्री खरिदका लागि टेण्डर आव्हान गरिएको हो ।

प्रहरीले सुरक्षा, रणनीति र प्रतिरक्षा सामाग्री आपूर्ति प्रक्रिया २०७५ मा उल्लेख भएअनुसार ती सामाग्रीहरुको समूह क र ख निर्धारण गरी हतियार खरिदको सूचना प्रकाशित गरेको जनाएको छ । सुरक्षा, रणनीति र प्रतिरक्षा सामाग्री आपूर्ति प्रक्रिया २०७५ को समूह क मा मोर्टार, बन्दुक, एलएमजी, जीपीएमजी, बम, रकेट लन्चर र यसको हतियार, ट्यांक, जहाज र हेलिकोप्टर, मिसाइललगायत पर्दछन् । समूह ख मा नाइट भिजन उपकरण, रबरको गोली, ग्याँस गन, टियर ग्याँस सेल, रेडियोसेटलगायत पर्दछन् । तीमध्येबाट केही हतियार खरिद गर्न लागिएको बुझिएको छ ।

हेर्नुहोस्ः https://nepalpolice.gov.np/images/documents/tender/notice-enlistment-2076-04-23.pdf



प्रतिक्रिया दिनुहोस्