Logo

नेपाल आयल निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर ल्याउने



काठमाडौं २४ साउन ।नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ ।

निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डारगृह निर्माण र ग्यास सिलिन्डर उत्पादन गर्ने योजना स्वीकृत गरेको छ ।

निगमका कार्यकारी अधिकृत सुरेन्द्र पौडेलले निगमले चालु आवमा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा हेटौंडामा भण्डारगृह निर्माण गर्न लागिएको जानकारी दिए ।

स्थापना भएको ५० वर्षपछि निगमले आफ्नै भण्डारगृह र आफ्नै ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्