Logo

शान्तिश्रीको ‘फूलमती चनमती’ चर्चामा (भिडियोसहित)



काठमाडौं । गायिका शान्तिश्री परियारको  ‘फूलमती चनमती’बोलको तीज गीतले चर्चा कमाइरहेको छ । जातीय भेदभावको पीडा बोकेको उक्त तीज गीतले जातीय भेदभावका कारण खेप्नु परेको समस्यालाई शब्द र दृश्य मार्फत उजागर गरेको छ ।

संविधानले जातीय भेदभाव अन्त्य गरेपनि समाजमा अझैपनि जातिय भेदभाव कायम रहेको कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ ।
त्यति मात्रै नभएर उक्त गितमा बलात्कारको पीडा र असमान दाइजोको कुरालाई पनि जोड दिइएको छ ।  ।

सार्वजनिक गीतमा  गायकमा खेम सेञ्चुरी, शान्ति परियार र ज्ञानु परियारको आवाज रहको छ । मारुनी रेकर्डिङ स्टुडियोमा डविङ गरिएको उक्त गीतलाई नेत्र अर्यालको शब्द,खेम सेञ्चुरीको संगीतलाई कृष्ण बिक एरेञ्ज गरेका छन ।

गायिका परियारको आफ्नै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई  शिव विकले निर्देशन गरेका छन । भिडियोमा गायिका परियारका साथै अञ्जली अधिकारीको जोडदार अभिनय देख्न सकिन्छ । अहिले सम्म उक्त गीतलाई झण्डै दश लाखभन्दा बढि पटक हेरीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्