Logo

टल्सटयले प्रेमिकाबारे लेखेको डायरी पढ्दा पत्नीले झण्डै गरिन् आत्महत्या



महान रुसी साहित्यकार लियो टल्सटयको लेखनको प्रभावले सँसारमा को प्रभावित नहोला । उनको लेखाईले आनन्द मात्र होइन जलन समेत गराएको तथ्य छ ।

एकपटक उनकी पत्नी सोफिया टल्सटयले पतिको डायरी पढिछिन् । डायरीमा टोल्सटोयको पुरानो प्रेमसम्बन्ध उल्लेख थियो । अक्सिना नामकी युवतीसँगको प्रेमसम्बन्धबारे लेखिएको थियो । उनले प्रेमिकाप्रति यति धेरै मायाभाव पोखेका थिए कि पत्नी सोफियालाई जलन भयो ।

सोफिया निकै इष्र्यालु थिइन् । टल्सटयले सोफियाका लागि अमूल्य प्रेमभावयुक्त शब्द खन्याएको पढेर लेखिन्,‘म इष्र्याले आफैलाई मार्न चाहन्छु ।’ अक्सिनाको बारेमा डायरी भर्ने र कृतिमा समेत उनीसँगको प्रेमसम्बन्ध झल्कने गरी लेख्दा सोफियालाई जलन भएको थियो ।
टल्सटोयले अक्सिनासँग जति कसैसँग गहिरो प्रेम नबसेको लेखेका थिए । इष्र्या र मननपर्दो व्यवहारले सोफिया टोल्सटयबाट विरक्तिइन् । टल्सटयको जीवनमा सबैभन्दा प्रीय अक्सिना थिइन् । सोफियालाई यस तथ्यले निकै चित्त दुखायो ।

पतिका लागि त्यत्रो योगदान गर्दा पनि अक्सिनाको स्थान बनाउन नसकेको अनुभूती गरिन् । सोफियाले टोल्सटोयको साहित्यिक यात्रामा सहयोगी भूमिका समेत निभाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्