Logo

चिर्पटले हानेर छोराद्वारा बाबुको हत्या



झापा । दाउराको चिर्पटले हानेर छोराले बाबुको हत्या गरेका छन् । ३१ वर्षीय प्रकाश थापाले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

कमल गाउँपालिका(१ बस्ने थापालाई २४ साउनको बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी बिबादको कारण प्रकाशले आफ्नै बुबालाई चिरपट प्रहार गरेका हुन् । बाबु सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्