Logo

रातको १० बजे युवकले घरमा केटी लगेपछि…



चितवन । रातको १० बजे भरतपुरस्थित घरमा केटी लिएर पुगेका थिए अर्जुन बोगटी । २४ वर्षीय लक्का जवान बोगटीले २९ असारको राति आफ्नै घरमा केटी लगी करणी गरे ।

भरतपुर महानगरपालिका २४ मा बसोबास गर्ने बोगटी घटनाको तीन हप्तापछि प्रहरीको फन्दामा परेका छन् । उनले घरमा लिएर गएकी केटीले जर्बजस्ती करणीको उजूरी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

बोगटीमाथि २२ साउनबाट लागू हुनेगरी ६ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनामा दुवैले सहमतिमा सम्बन्ध राखेको थिए वा जर्बजस्ती थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरेको थियो । घटना भएको तीन हप्तापछि परेको उजूरी गर्नुले आशंका जन्माएको चितवन प्रहरी स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्