Logo

कर्मचारीको वैशाखी टेकेर नेता भएकाहरुले के गर्न खोजेको ?-पुण्यप्रसाद ढकाल, अध्यक्ष, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनीयन



निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनका अध्यक्ष पुण्यप्रसाद ढकाल प्रष्ट बोल्छन् । निडर भई कर्मचारीको हक हितमा सक्रिय भएका उनीसँग रेडियो नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः

तपाईहरु अब सामुहिक रुपमा राजिनामा दिन तयार हुनुभएको हो ?
कुनै पनि खेल खेल्न जाँदा चाँहि रहर नै हुन्छ । तर यो अप्ठ्यारो परिस्थितिको सामाना गर्ने अनि कसैले शोषण र अन्याय ग¥यो भनेर यस्तो वाध्यताको स्थिति चाँहि कसैले पनि नपु¥याउँदा राम्रो हुन्छ भन्ने मान्यता हामी टे«ड युनियन मार्फत पनि राख्न खोजिराखेको छौ । राखिराखेका छौ र मेरो व्यक्तिगत रुपमा पनि यो विषय अलि गम्भिर छ तर त्यत्ति ठूलो केके न समस्या आयो भन्ने पनि होइन हामीले बुझिराखेका छौ र प्रक्रिया पनि दिएका छौ ।

तपाईहरुले प्रक्रिया दिनुभएको छ तर हामी सामुहिक राजिनामा दिन्छौ भन्नुभएको थियो, अहिले आएर तपाईहरु किन पछाडि हट्नुभयो ?
सामुहिक राजिनामाको स्वीकृति गर्ने सन्दर्भमा अलिअलि टे«ड युुनियनहरुलाई अलि बढी उत्तेजित पार्न सकियोस र टे«ड युुनियनहरुलाई अनेक खालका कुराहरु ल्याएर यसलाई निषेध गर्न सकियोस् भन्ने यो हतोत्साहित मनसाय बाहेक केही होइन भन्ने हाम्रो अनसभुत भएको छ । पछिल्लो समय चिकित्सक लगायत शिक्षकहरुले सामुहिक राजिनामा दिन खोजे,भन्ने जस्ता कुराहरुले अहिले यो कुरा ल्याउनु भएको छ । हामीले यसो हेर्दा यसको नकरात्मक प्रभाव सरकारलाई नै बढी पर्दछ ।

कसरी नकरात्मक प्रभाव पर्छ ? तपाईँले राजिनामा दिदाखेरी सरकारलाई त फाइदा हुन्छ ?
अब यहाँले त फाइदाको कुरा हेर्नुभयो । मैले केही केही माननीय सांसदहरुले सिङ्गापुर,मलेसियाको उदाहरण दिनुभएको छ नेपाल सिङ्गापुर,मलेसिया नै बनाइ सक्नुभएछ कि भन्ने मलाई लागेको हो किनभने २,३ घण्टामा आरपार गर्ने ठाउँमा यो सामुहिक राजिनामाले एक खालको प्रभाव त छाड्ला तर नेपालको भौगोलिक स्थितिमा त्यस्तो देखिन्न । आज एउटा चिकित्सकले राजीनामा दियो र साच्चैँ नै सरकारले यही खालको अवधारण खोजेको हो भने देखि त मान्छेहरु लगभग लगभग एक हजार जना जति यो देशमा अप्रेशन हुँदो रहेछ अस्पतालमा । डक्टरहरुले सामुहिक राजिनामा दिने हो भने कति नेपाली मर्छन् होला श्रषि सर अनुमान गर्न सरकारले सक्यो सकेन ?

सिङ्गापुर, मलेसियाको कुरा गर्दा त्यहाँ पनि धेरै किसिमको समस्या देखिएको थियो तर धेरैले सामुहिक राजिनामा दिइसकेपछि त्यहाँ विकास, प्रगति,उन्नति भयो, कर्मचारीहरुले काम पाए अब हाम्रो देशमा नि त्यसै हुनुपर्छ भन्ने मन्त्री लालबाबु पण्डितको पनि कुरा आएको छ नि ?
हैन उहाँहरुले तर्क चाँहि दिनुहुन्छ । किनभने हामीले क्षतिपूर्ति सहितको निजामती कर्मचारी प्रशाासन सञ्चालन गरौँ मुस्कान सहितको निजामती कर्मचारी सञ्चालन गरौ । यो मैले गल्ती गरेको छ भन्ने कुराको प्रमाणित भयो भने मलाई दिएको पार्टी सभापतिबाटै म क्षतिपूर्ति तिर्छु भन्ने सकारात्मक कुरा टे«ड युनियनले उठाउँदा त्यो खालको कानुन बनाउन नसक्ने अनि चौविस घण्टा पालोका आधारमा निजामती प्रशासन सञ्चालन गर्नुपर्छ जनतालाई छिटो छरितो सेवा दिनुपर्छ भन्ने कुरामा र आँट गर्न नसक्ने भनेर हामीले बारम्बार सूचना गरेका छौ त्यो कुरा लागु गर्न नसक्ने त्यो खालका कानुन बनाउनलाई हिम्मत नगर्ने अनि कहाँ भाडभैलो गर्न सकिन्छ,कहाँ भाँझो हाल्न सकिन्छ भन्ने क्रियाकलापहरुको कानुन बन्दा यो देशले समबृद्धि हासिल गर्छ भन्ने कुरामा अहिले चाँहि मलाई पटक्कै विश्वास हुन छोड्यो । किनभने राज्य व्यवस्थापन सुशासन समितिमा अहिले के छलफल हुन्छ भन्दा कोही मन्त्री नपाएको रिस,कोही केही सुविधा नपाएको झोकमा कानुनहरु निर्माण गर्ने ? देशमा यत्रो जनशक्ति जो चाँहि मूल कानुनको रुपमा रहेको छन् । निजामती कानुन ऐन भनेको यो ऐन हेरेर सबै सार्वजानिक र निजी क्षेत्रका कानुन बन्छन् । अनि यो संघीय शासन प्रणलीमा आउँदा पनि कानुन राम्रो नबन्ने । केन्द्रको कानुन राम्रो नबनेपछि प्रदेश र स्थानीय तहको कानुन कसरी राम्रो बन्छ भन्नेमा अनुमान गर्ने हो नेपाली जनताले ?

कर्मचारीले राम्रोसँग काम गरेन कर्मचार िसुविधा भोगी भयो कर्मचारीतन्त्र नेतामुखी भयो भन्ने आरोप पनि छ नि ?
आजभोलि चाँहि कम राजनीति गरिएछ कि भन्ने लाग्दैछ । साथीहरुले त पहिले नै भन्ने गर्नुभएको थियो हाम्रो राजनीति कम भएको छ अलि बढी गर्नुप¥यो भन्दा हैन अलि सयंमित भएर गरौ । त्याग तपस्या गर्ने बेला पनि आएको छ हाम्रो देशमा । संघीय लोकतन्त्र ,लोतान्त्रिक गणतन्त्र आयो । यहाँ राजा महाराजाको शासन होइन वंशले शासन गरेको छैन । अव एउटा फाटेको जुत्ता चप्पल लगाएका नेपालीका छोराछोरी आज देशका शिर्ष स्थानमा हुनुहुन्छ । यतिबेला हामी सबैले मद्दत गरौ भन्ने भावना राख्ने म । अलि मूर्ख भएछु कि त्यतिबेला म भन्ने लाग्छ अहिले । त्यसैले हामी सेवाग्राहीहरुलाई सेवा दिन एकदम तत्पर छौ ।
तपाई जस्तो लोकप्रिय पत्रकार यो देशमा धेरै कम छन् भन्ने मलाई लाग्छ । धेरै ठाउँमा पुग्नु हुन्छ, धेरै कुरा उठाउनु हुन्छ । भित्रभित्रको कुरा निकाल्नु हुन्छ । त्यहाँ मान्छेको भावना बाहिर ल्याउनु हुन्छ त्यो मैले बुझ्छु । तपाईका कार्यक्रम प्राय म हेर्छु पनि । तर अहिले हामीले निजामती सेवामा आधिकारीक समितिको गठन भएपछि लिडरसिप आएपछि कहिले यो भस्टचारीलाई संरक्षण गर्नुपर्छ भनेर बोलेको कुनै शब्द पाउनुभएको छ ? यदि पाउनुभएको छ भनेदेखि कृपया देखाइदिनु होला । म निजामती सेवाबाटै राजिनामा दिएर बस्न तयार छु । विकृति र विसंगति हाम्रो देशमा आउनु हुँदैन । अब भष्टाचारलाई शुन्य सहनशीलतामा कसरी के आकंक्षाका रुपमा सरकारले समबृद्ध नेपाल सुखी नेपालीको अवधारणा ल्याएको छ ? त्यसमा हामी अगाडि बढ्नुपर्छ भनेर बारम्बार सकरात्मक धारणा राख्ने टे«ड युुनियन भनेको त सरकारको प्रतिपक्ष हुन्छ । मैले लिडरसीप लिइसकेपछि त्यो काम गर्नुहुन्न । रचनात्मक र सिर्जनात्मक काम गर्नुपर्छ भन्नेमा सहयोग गर्ने हो । यसमा सबैलाई समेटेर सकारात्मक धारणा ल्याउनुपर्छ भन्ने कुरामा म पुग्दा पुग्दै पनि अब हामीलाई नै निरिपित धारणा तर्फ डो¥याउन थाल्यो भने पछि यो देशलाई कसरी अगाडि बढाउन सहयोग मिल्छ होला ?

अब सिहंदरबार भित्रै कर्मचारीहरु बेवारिसे अवस्थामा पुगेका हुन् ?
हिजो देख्नुभयो होला हजुरले ५७ ५८ वर्षमा पुग्नुभएका सिनियर कर्मचारीहरुलाई समायोजनका नाममा पुुलिसका दण्डा लगाइयो । हामीले समायोजन गर्न हुदैन भनेको छैैन । समायोजना ठीकसँग गरियोस । समायोजन सफ्टवयरले गरियोस मेसिनहरुले गरियोस । मान्छेले त्रुटी गर्छ होला त्यसकारण सफ्टवयरले गरियोस भन्ने कुरामा हामीले असहमति कहाँ राखेका छौ ? यदि टे«ड युुनियनले असहमति जनाएका थियौ असहयोग गरेका थियौ भने समायोजनको त प्रक्रिया हुनै सक्दैनथ्यो अगाडि बढ्नै सक्दैनथ्यो । किनभने अराजकता,कानुनको पालना नगर्ने त यहाँहरुकै सन्चार माध्यमबाट सुनिराखेको छु । हिजो मात्रै एउटा पत्रिकाबाट हेरिराखेको थिए प्रतिनिधी नियमावली सांसदहरुले पालना गदैन उल्लघन गरिराखेका छन् त्यहाँ अराजकता मच्चेको छ सभामुख बोल्दा अरुले बोल्न नहुने भनिएको छ त्यहाँ मोबाईल उठाउन नपाईने भनिएको छ त्यो उल्लघन भइराखेको छ भनेर आइराखेको छ । जहाँ कानुन निर्माण हुन्छ,जहाँ अरुलाई सिकाउनु पर्नेमा, जहाँ अरुलाई अनुरण गर्न लायक जमात छ त्यहीँ ठाउबाट यस्तो उल्लघंन हुन्छ भने यिनै साथीहरुले अरुलाई अर्तीबुद्धि दिएको नैतिकताको पाठ सिकाएको,सुशासन कायम गर भनेर भनेको कुरालाई कति मानिसले सहज ढंगबाट स्वीकार्छ होला । नेपाली जनताहरुलाई उसले लाजमर्दो बनाइ सक्यो । आफूले गल्ती गर्ने गल्ती गरेको ढाकछोप गर्नको लागि े टे«ड युुनियनलाइ देखाएपछि त सकिने रैछ । बचाउदै लाने हो कि भन्ने टे«ड युुनियनको धारणा छ । सिहंदरबार भित्र यसरी हड्ताल गर्नु हुँदैन कर्मचारीलाई छेकभाव गर्न दिनु हुँदैन भनेर वारम्वार भन्ने मान्छे म जिउँदै छु अहिले पनि । मंसिर पुषतिर पनि एक खालको आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बेइज्जत भयो । यसले निजामती कर्मचारीको छवि राम्रो भएन । जुन हाम्रो प्रशासनिक रुपमा रहेको सिहंदरबारभित्र यस्तो खालको काम गर्न बेठीक हुन्छ भनेर मैले साथीहरुलाई यो कुरा बीस चोटी बोलेको छु तर खाई अहिले हामीले सम्बेदनशिलता, शालिनतापूर्वक अगाडि बढ्दा हाम्रा भावना माथि चोट पु¥याउने ?

तपाई कर्मचारीहरुको साझा नेता हो समस्याको समाधानका लागि वर्तमान सरकारले साँच्चिकै तपाईँहरुको मागलाई संम्बोधन गरेको छ कि छैन ?
जुनसुकै सरकार आएपनि हामीलाई केही अर्थ हुँदैन सरकार राम्रो होस् । राम्रो कसले गर्छ, कानुन कसले राम्रो बनाउँछ, कानुनले मुलुक सम्बृद्धि बनाउनमा कसको मदत पुग्छ, हामी त्यस्तो सरकारलाई कुनै पनि हालतमा अरुले बिगारे पनि हामी सपार्नेतिर लागेका थियौ । लागिराखेका छौ र भोलि पनि लाग्छु म ।
अहिले बुढेसकालमा औषधी उपचार काट्छु भन्छ,चाडपर्वको खर्च कटौती गर्छु भन्छ,के राम्रो काम गर्छ भनेको हो त त्यो सांसदहरुले ? राज्य व्यवस्था समिति र सुशासन समितिमा बसेका जो सांसद हाम्रो बैशाखी टेकेर हाम्रो दौराको फेर समातेर २०६२÷६३ को आन्दोलनसम्म उहाँहरु अगाडि बढ्नुभयो । जो ¥याडिसन होटलमा सात राजनितिक दलहरुले हामी टे«ड युुनियन अधिकार दिन्छौ हामीलाई सहयोग गर्नुप¥यो, हामीलाई राजाले शोषण ग¥यो, निरंकुशता लायो हामी त बच्नै नसक्ने हुन लाग्यां,ै अब तपाईहरुले सहयोग गर्नुप¥यो भनेर एउटा सहमति गरेको हैन ? अब म भन्न चाहन्छु भने गरिराखेको कामको व्याज खान टे«ड युुनियन चाहँदैनन् । त्यसमा पनि आधिकारीक टे«ड युुनियनमा हामीले पनि धेरै मेहनत गरेका छौ यो राष्ट्रको लागि । २०४७ सालदेखि अहिलेसम्म सिपाहीको नाताले आएको छु । ३० औ वर्ष भयो यो क्षेत्रमा मैले काम गरेको । तर साथीहरुले गाली गर्दागर्दै पनि सरकारको पालेदार भइस भनेर भन्दा भन्द टे«ड युुनियनलाई यो अवस्थामा ल्याउँदा पनि अहिले टे«ड युुनियनको भावना नबुझ्ने ? आधिकारीक टे«ड भनेको सरोकारी टे«ड हो हामी सरकारी टे«ड हौँ । सरकारले गठन गरेको हो ,राज्यले पत्याएको मुल्य मान्यतामासाथ अगाडि बढाएको टे«ड युुनियन हो । २०७३ साल जेठ १९ गते गठन भएको आधिकारीक टे«ड युुनियन हो । त्यसलाई निजामति सेवा ऐन कर्मचारीको समस्या समाधान गर्ने सन्दर्भमा ठूलो जिम्मेवारी ऐनले दिएको छ । अब यसलाई निषेध गरेर, पाखा लगाएर हामीलाई छलफल नै नगरी हाम्रा विषयवस्तुहरु ल्याउँदा हामलिाई चोट पुग्दैन ? अन्याय गरेको हामीलाई ?



प्रतिक्रिया दिनुहोस्