Logo

युवकको हातमा नौ लाखको सुनको बाला



काठमाडौं । हातमा सुनको बाला लगाएर आएका युवक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलको पार्किङ स्थलबाट भुपेन्द्र मगरलाई २३ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरपालिका चक्रपथ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ घर भएका मगरले तीन थान बाला विदेशबाट ल्याएका थिए । प्रहरकिा अनुसार अवैध रुपमा भन्सार छलि बाहिरी मुलुकबाट काठमाडौं आएका उनको साथबाट करिब ९ लाख रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्रामको ३ थान सुनको बाला बरामद भएको थियो ।

मगरलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्