Logo

जिल्ला अस्पताल हुम्लामा हेलिप्याड निर्माण



हुम्ला : जिल्ला अस्पताल हुम्लामा हेलिप्याड निर्माण गरिएको छ। हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

हेलिप्याडसँगै १०० मिटर सडक कालोपत्रेलगायत संरचना निर्माण गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपालदोर्जे लामाले जानकारी दिए।

जिल्ला अस्पतालदेखि सिमकोट विमानस्थलसम्म बिरामीलाई पुर्‍याउन समस्या भएपछि अस्पताल परिसरमै हेलिप्याड निर्माण गरिएको हो।

हेलिप्याड निर्माण सम्पन्न भएपछि चार दिनसम्म सुत्केरी ब्यथाले थलिएकी एक महिलाको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला अस्पतालका डा टसी लामाले जानकारी दिए। रासस



प्रतिक्रिया दिनुहोस्