Logo

कांग्रेस भनेको देउवा र पौडेल मात्रै होइन : थापा



काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ती कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोश्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस बलियो र भरोसायोग्य हुने भनेको कांग्रेसका वीङस्हरु बलियो हुनु भएको पनि बताए ।

उनले भने,”कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरवहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन।’ उनले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने धारणा राखे ।

थापाले पार्टीको नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने पनि आवश्यकत्ता औंल्याए । उनले पार्टी नेतृत्वलाई युवालाई नेतृत्व हस्तान्तरण गर्ने र मुल कार्यक्रमको अग्रभागमा युवा र महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव पनि दिए।

फाईल तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्