Logo

भारतीय पूर्व वित्तमन्त्री अरुण जेट्ली अस्पतालको आइसीयुमा



भारतीय पूर्व वित्तमन्त्री अरुण जेट्ली स्वास्थ्यमा समस्या आएपछि नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल साइन्सेस एम्समा भर्ना भएका छन् । २४ साउनमा अस्पताल भर्ना भएका उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

स्वास्प्रश्वासमा समस्या आएपछि उनी अस्पताल ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई के भएको हो जानकारी नगराइएको बुझिएको छ । मृगौलाको प्रत्यारोपणपछि जेट्लीको स्वास्थ्यमा समस्या आएको थियो । ६६ वर्षीय जेट्ली विद्यार्थीकाल देखि नै राजनीतिमा होमिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा जेट्ली वित्तमन्त्री बनाइएका थिए । सालिन नेताको परिचय बनाएका उनी लोकसभाको चुनावमा स्वास्थ्यका कारण उम्मेदवार हुन मानेनन् । मोदीका विश्वासिला जेट्लीलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायत वरिष्ठ अधिकारीहरु एम्स पुगेका छन् । Photo Source: Dnaindia



प्रतिक्रिया दिनुहोस्