Logo

नेकपा विवाद : पर्खाई २८ गतेको



साउन २५, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र स्कुल विभागलाई लिएर उत्पन्न विवाद तत्काल समाधान हुनेमा शंका उत्पन्न भएको छ । पार्टीका अध्यक्ष केपी शर्माओली आफ्नो एक साता लामो सिंगापुर बसाइपछि आइतबार स्वादेश फर्केदै छ । अध्यक्ष ओली स्वदेश पर्के लगतै पार्टीको नेताहरुको कार्यविभाजनको टुंगो लगाउने भनीएपनि त्यो तत्काल संम्भावना न्युन देखिएको हो ।

स्कुल विभागको नेतृत्वको विषयलाई लिएर पटक–पटक बोलाइएको सचिवालय बैठक समेत प्रभावित हुदै गइरहेको अवस्थामा आगामी साउन २८ गते बोलाइएको सचिवालय बैठक समेत बस्ने नबस्नेमा अन्यौल भएको नेकपाका नेताहरुबाटै विभिन्न प्रतिmित्रया आउन थालेका छन ।

आगामी २८ गतेको सचिवालय बैठकबाट सवै विषय टुङ्गो लगाउने भनिएपनि स्वायम नेताहरुनै विश्वस्त हुन सकेका छैनन ।

नेकपा नेता देवेन्द्र पौडेलले अध्यक्ष ओली आइतबार फर्के लगतै दुइअध्यक्षविच कुराकानी भएर २८ गतेको बैठकबाटै सवै विवादको टुंगो लगाउने तयारीमा रहेको दावी गर्छन्

तर उता पुर्वएमाले पक्षका नेताहरुले स्कुल विभाग कुनैपनि हालतमा नछाड्डे पक्षमा छन । जसले विवाद तत्काल समाधान हुन्छ भन्नेमा शंका उत्तिकै छ । अर्कोतिर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सरकारको मात्रै नेतृत्व गर्न दिने र अर्का अध्यक्ष दाहाले पार्टीको नेतृत्व गर्ने गरी अध्यक्ष दाहाल तयारी गरेका छन । पुर्वमाओवादी पक्षले विगतमा गरेको आलोपालो सरकारको नेतृत्व गर्ने गरी भएको सहमती अनुसार पार्टीको नेतृत्वको विषयलाई टुंगो लगाउनुपर्ने पक्षमा छन । नेता लेखराज भट्टले विगतको सहमतिमा टेकेर नयाँ सहमति खोज्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी अध्यक्ष पुष्प कमल दाहाल पनि एकताका बाँकी काम छिटै सम्पन्न हुने दाबी गर्नुभएको छ । दाहालले एकताका प्रक्रिया टुङ्गो लगाउन नसक्नु कमजोरी भएको स्वीकार गर्दै अब भने जनवर्गीय संगठन लगाएत अन्य एकताका सवै काम नरोकिने दावी गरेका छन् ।

एकातिर अध्यक्ष ओली नभएको बेला अध्यक्ष दाहाल सक्रिया भएर आफ्नो पक्षमा मत बढाएको भन्ने छ भने अर्कोतिर नेता बामदेव गौतम पार्टीको राजनितिक प्रतिवदेनलाई लिएर असन्तुष्टि पाखेका छन ।

नेता गौतमले प्रतिवेदनमा उल्लेख गरेका भन्दा फरक विचारधाराको कल्पना गरेपछि यो विषयले पनि नेकपाभित्र नेताहरु एकआपसमा विभाजित हुदैआएका छन । १५ दिनसम्म स्थगित सचिवालय बैठक आगामी २८ गते बस्दै छ ।



प्रतिक्रिया दिनुहोस्