Logo

दर्जनौं किशोरीमाथि यौनहिंसाको अभियोगपछि अरबपतिले गरे जेलमै आत्महत्या



कम उमेरका किशोरीहरुसँग यौन सम्पर्क गरेको र महिला बेचबिखनको सञ्जाल संचालन गरेको अभियोग लागेका अरबपति जेफ्रिी इप्स्टिेनले आत्महत्या गरेका छन् । न्युयोर्कस्थित उनलाई राखिएको सुधारगृहमा १० अगष्टको विहान आत्महत्या गरेका हुन् ।

झुण्डिएको अवस्थामा फेला परेका ६६ वर्षीय इप्स्टिेनलाई अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि अदालती कारबाही अगाडि बढिरहेको थियो । उनले आत्महत्या गरेकोबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

यौनपिपाशु थिए इप्स्टिेन

इप्स्टिेनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन तयार हुन्थे ।
आफ्ना सहयोगीहरुलाई यौन सम्पर्कका लागि किशोरीहरु तयार गर्न लगाउँथे । पैसा र मस्तीमा उनको ध्यान केन्द्रित थियो । अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको जीवनशैली हो यो । उनले जीवनमा धेरै मस्ती गरे । मोटो रकम खर्चेर भएपनि फेरि फेरि महिलासँग यौन सम्पर्क गर्दै यौनको मृगतृष्णामा भौतारिए ।

जुन किशोरी उनीसँग यौन सम्पर्क गर्न पुग्थे उनीहरुलाई भनेर अरु केटी तयार गर्न लगाउँथे । पैसाले पैसा तान्दै गर्दा किशोरीमार्फत् किशोरी नै तान्थे ।

एकैपल्ट एकभन्दा बढी किशोरीसँग यौन सम्पर्क गर्थे । हात र सेक्सटोयमार्फत् समेत गुप्तांग चलाउँथे । उनी अनेक तरिकाले यौनको आनन्द लिन खोज्थे । पैसा र शक्तिको दुरुपयोग गरिरहे ।

किशोरीहरुलाई मसाज गर्न लगाउँथे । नयाँ नयाँ किशोरीसँग सम्पर्क गर्ने लत बसिसकेको थियो उनमा । निजी विमानमा यात्रा गर्ने उनले विभिन्न सम्पर्क सूत्रका माध्यमले कम उमेरका केटीहरुलाई आफ्नो विशेष ठाउँमा भेट्थे । उनी यात्राका क्रममा अमेरिकाको विभिन्न प्रान्तमा किशोरीहरुको व्यवस्था गर्न लगाउँथे ।

अमेरिकी अर्बपतिहरुमाझ जेफ्री राम्री युवतीहरुसँग हिमचिम गर्न रुचाउने व्यवसायीका रुपमा परिचित थिए । डोनाल्ड ट्रम्पका समेत नजिकको सम्बन्ध रहेका उनीबारे ट्रम्पले सुन्दर युवतीहरु मन पराउने व्यक्ति भनेका छन् । ट्रम्पले जेफ्रीले जीवनमा निकै मस्ती गरेको बताएका थिए । बिल क्लिन्टनसँग पनि उनको निकट सम्बन्ध छ ।

दर्जनौं कम उमेरका केटीहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा जेफ्रीमाथि कारबाही बढाइएको थियो । उनलाई न्युयोर्क प्रहरीले पक्राउ गरेको थियो। कलिला केटीहरुसँग यौन सम्पर्क गरेको, महिलालाई यौनका लागि तस्करी गरेकोलगायतको अभियोगमा पक्राउ गरिएको थियो । विगतमा महिलामाथि यौनहिंसाको अभियोगमा जेल सजाय भोगिसकेका जेफ्रीलाई गम्भीर अभियोग लागेको थियो ।

अर्बपति इप्स्टिेनमाथि यौनसम्बन्धि रिङ चलाएको अभियोग लागेको थियो । त्यही रिङमार्फत् किशोरीहरु भेट्थे । उनले किशोरी भनेको समयमा पाइहाल्ने अवस्था बनाएका थिए । न्युयोर्कको मानहट्टनमा रहेको महलमा छानी छानी किशोरी लान्थे । सबै कर्तुतहरु बाहिर आएको थियो । दर्जनौं कम उमेरका किशोरीले उनीविरुद्ध उजूरी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्