Logo

को बन्छ कंग्रेस आईको अध्यक्ष ? आज हुँदैछ फैसला



काठमाडौं, २५ साउन । भारतमा कांग्रेस आईको पार्टीको नयाँ अध्यक्ष को बन्ने ? भन्ने विषयलाई लिएर नयाँ चर्चा तथा परिचर्चा सुरु भएको छ । अब पार्टीको अध्यक्ष को बन्छ ? यो विषय तय गर्नको लागि अहिले कंग्रेस आईको कार्यसमिति बैठक नयाँ दिल्लीमा जारी छ ।

उक्त बैठकमा राहुल गान्धीले राजीनामा फिर्ता लिन अस्विकार गरिसकेका छन् । तर, उनले पार्टीको सांगाठनिक काममा तल्लिन हुने कुराको प्रतिबद्धता जनाएका छन् । पार्टी प्रवक्ता रणदीप सुरजेवालाले एक विज्ञप्ती जारी गर्दै अब राहुलले विपक्षी नेताको रुपमा आम नेता तथा कार्यकर्तासँग काँधमा काँध र हातमा हात मिलाएर सहकार्य गर्ने संकल्प जाहेर गरेका छन् । यो समाचार आजको बिबिसी हिन्दीमा विशेष महत्वको साथ प्रकाशित गरिएको छ ।

उक्त पार्टीको कार्यसमितिले विभिन्न पाँच उपसमिति बनाएको छ । जहाँ देशका अलग अलग भागबाट आएका पार्टी पदाधिकारीसँग विचार विमर्श गरेको छ । अध्यक्ष पदमा मुकुल वासनिक, सुशील कुमार शिंदे, मल्लिाकार्जुन खड्गे, प्रियंका गान्धी, ज्योतिरादित्इ सिंधिया र सचिन पायलटको नाम खास चर्चामा छ । खड्गे केन्द्रिय मन्त्री रहनुको अलावा पछिल्लो लोकसभामा कांग्रेस संसदीय दलका नेतापनि थिए ।

वासनिक यतिवेला कांग्रेस महासचिव छन् । र, उनी गान्धी परिवारसँग निकै घनिष्ठ रहेको बुझिएको छ । लोकसभा चुनावमा पार्टीले व्यहोरेको हारलाई लिएर राहुल गान्धीले कांग्रेस अध्यक्षबाट राजीनामा दिएका थिए । तर, केन्द्रिय कार्यसमितिले उनको राजीनामा स्विकृत गरेको थिएन् । PHOTO Source : EPA



प्रतिक्रिया दिनुहोस्