Logo

ओसाका विलियम्ससँग पराजित भएपनि ओसाका विश्व नम्बर एक



जापानकी नाओमी ओसाका विश्व नम्बर एक महिला खेलाडी हुने भएकी छिन् । पूर्व विश्व नम्बर एकबाट झरेर दुई नम्बरमा रहेकी उनी रोजर्स कपको क्वार्टरफाइनलमा पराजित भइन् ।

पूर्व विश्व नम्बर एक सेरेना विलियम्ससँग ६-३ र ६-४ को सोझो सेटमा पराजित भएपनि ओसाका विश्व नम्बर एक हुने निश्चित भएको छ । विश्व नम्बर एक क्यारोलिना पिल्सकोभा टोरोन्टो टेनिसमा पराजित भएपछि वरियतामा ओसाका उक्लने पक्का भएको हो । आठ हप्ताका लागि मात्र चेक रिपब्लिककी पिल्सकोभा विश्व नम्बर एक बन्न पाइन् ।

विलियम्स र ओसाकाबीचको खेललाई निकै चासोका साथ हेरिएको थियो । युएस ओपनमा ओसाकाले विलियम्सलाई विवादास्पद खेलमा पराजित गरेकी थिइन् । Photo Source: WTA Tennis



प्रतिक्रिया दिनुहोस्