Logo

विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डः अमेरिकी जेलमा अरबपतिको रहस्यमय मृत्यु



अमेरिकाको जेलमा एक अरबपतिको रहस्यमय मृत्यु भएको छ । यौन दुराचारी र कम उमेरका महिलालाई यौन सम्पर्कका लागि वाध्य पारेको अभियोग लागेका संभ्रान्त जेफ्री इप्स्टिेन हुन् । उनी विश्वका अरबपतिहरुको सूचीमा फोब्र्स म्यागाजिनमा समेत उल्लेखित छन् ।
जेफ्री इप्स्टिेनको संगठन भीभीआइपीहरुसँग रहेको तथ्य बाहिर आएको छ । उनको सम्बन्ध अमेरिकी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प देखि पूर्व राष्ट्रपति बिल क्लिन्टनसँग समेत छ । बाह्य दुनियाँमा समेत उनको भीआइपीसँग सम्बन्ध थियो । अहिले ती नामहरु विवादमा पर्ने देखिदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् १९९७ मा इप्स्टिेनको निजी जेटमा बसेको विषय खुलेको छ । अदालतले यो विषय खुलाइनसकेपनि घटना बाहिर आएको छ । यसबारे ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी इप्स्टिेनको जेटमा बसेर कहाँ गएका थिए भन्ने विषय रहस्यमय बनेको छ ।


पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इप्स्टिेनको निजी टापुमा पुगेको विषय बाहिर आएको छ । इप्स्टिेनले भीआइपीसँग यौन सम्पर्कका लागि प्रयोग गरिएकी भर्जिनिया गिउफ्रीले क्लिन्टन बेलुकीको खाना खाने गरी टापुमा पुगेको खुलाएकी छिन् । तर, ट्रम्पले यसलाई अस्वीकार गरेका छन् ।


यौन दुराचारको अभियोग लागेका जेफ्री इप्स्टिेनले आफूले मात्र नभई भीआइपीका लागि समेत कम उमेरका केटीहरुलाई यौन सम्बन्ध राख्न लगाउँथे । दर्जनौं महिलाले त्यससम्बन्धी अभियोग लगाएका छन् । त्यसमध्ये एक गिउफ्री पनि हुन् । उनले इप्स्टिेनले प्रतिष्ठित मानिसहरुसँग यौन सम्पर्क गर्न लगाएको अभियोग लगाएकी छिन् ।

भर्जिनिया गिउफ्रीले खुलासा गरेको नामहरुमा अधिराजकुमार आन्ड्रीउ पनि परेका छन् । बेलायती राजपरिवारका सदस्य उनी रानी एलिजावेथका छोरा तथा राजकुमार चाल्र्सका भाई हुन् । सन् २००१ मा राजकुमार आन्ड्रीउसँग यौन सम्बन्ध राख्न इप्स्टिेनले पठाएको गिउफ्रीको दाबी छ ।


भर्जिनिया गिउफ्रीले इप्स्टिेनका सहयोगी घिसलेन म्याक्सवेलमाथि मुद्दा दायर गरिसकेकी छिन् । यौन दुराचारीको सञ्जालमा परेकी उनलाई म्याक्सवेलले यौन सम्पर्क गर्न वाध्य पारेका नामहरुमा चर्चित नामहरु परेपछि सनसनी मच्चिएको छ । कतिपय नामहरु अदालतले खुलाएको छैन । तर, १० अगष्टमा कतिपय नाम बाहिर आएका छन् । ती नामहरुमा राजकुमार आन्ड्रीउ, पूर्व न्यु मेक्सिकन गभर्नर विल रिचार्डसन, अरबपति ग्लेन डुबिन, मोडलिङ एजेन्ट जिन लुई ब्रनिल, पूर्व अमेरिकी सिनेटर जर्ज मिचेल, वैज्ञानिक मार्भिन मिन्स्काई छन् ।

आरोप लागेकामध्ये कतिपयले अस्वीकार गरिसकेका छन् । तर, गिउफ्रीले आफूसँग प्रमाण रहेको दाबी गरेकी छिन् ।
१५ वर्षीया एक स्वीडीस केटीले आफूलाई इप्स्टिेनले व्यक्तिगत टापुमा लगी जर्बजस्ती करणी गरेको अभियोग लगाएकी छिन् । उनको घरमा सयौं केटीहरु पुग्ने गरेको तथ्य समेत खुलेको छ ।

रहस्यमय मृत्यु
कम उमेरका किशोरीहरुसँग यौन सम्पर्क गरेको र महिला बेचबिखनको सञ्जाल संचालन गरेको अभियोग लागेका अरबपति जेफ्री इप्स्टिेनको शव मृत अवस्थामा अमेरिकाको जेलमा भेटिएको हो । न्युयोर्कस्थित उनलाई राखिएको सुधारगृहमा १० अगष्टको विहान मृत भेटिएका थिए । घटना आत्महत्या भएको हुनसक्ने बताइएपनि रहस्यमय बन्दै गएको छ ।

झुण्डिएको अवस्थामा फेला परेका ६६ वर्षीय इप्स्टिेनलाई अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि अदालती कारबाही अगाडि बढिरहेको थियो । उनको मृत्युबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

ठुलाबडाका लागि केटी व्यवस्था गर्थे इप्स्टिेन
इप्स्टिेनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन तयार हुन्थे ।

आफ्ना सहयोगीहरुलाई यौन सम्पर्कका लागि किशोरीहरु तयार गर्न लगाउँथे । पैसा र मस्तीमा उनको ध्यान केन्द्रित थियो । अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको जीवनशैली हो यो । उनले जीवनमा धेरै मस्ती गरे । मोटो रकम खर्चेर भएपनि फेरि फेरि महिलासँग यौन सम्पर्क गर्दै यौनको मृगतृष्णामा भौतारिए ।

जुन किशोरी उनीसँग यौन सम्पर्क गर्न पुग्थे उनीहरुलाई भनेर अरु केटी तयार गर्न लगाउँथे । पैसाले पैसा तान्दै गर्दा किशोरीमार्फत् किशोरी नै तान्थे ।

एकैपल्ट एकभन्दा बढी किशोरीसँग यौन सम्पर्क गर्थे । हात र सेक्सटोयमार्फत् समेत गुप्तांग चलाउँथे । उनी अनेक तरिकाले यौनको आनन्द लिन खोज्थे । पैसा र शक्तिको दुरुपयोग गरिरहे ।

किशोरीहरुलाई मसाज गर्न लगाउँथे । नयाँ नयाँ किशोरीसँग सम्पर्क गर्ने लत बसिसकेको थियो उनमा । निजी विमानमा यात्रा गर्ने उनले विभिन्न सम्पर्क सूत्रका माध्यमले कम उमेरका केटीहरुलाई आफ्नो विशेष ठाउँमा भेट्थे । उनी यात्राका क्रममा अमेरिकाको विभिन्न प्रान्तमा किशोरीहरुको व्यवस्था गर्न लगाउँथे ।

अमेरिकी अर्बपतिहरुमाझ जेफ्री राम्री युवतीहरुसँग हिमचिम गर्न रुचाउने व्यवसायीका रुपमा परिचित थिए । डोनाल्ड ट्रम्पका समेत नजिकको सम्बन्ध रहेका उनीबारे ट्रम्पले सुन्दर युवतीहरु मन पराउने व्यक्ति भनेका छन् । ट्रम्पले जेफ्रीले जीवनमा निकै मस्ती गरेको बताएका थिए । बिल क्लिन्टनसँग पनि उनको निकट सम्बन्ध छ ।

दर्जनौं कम उमेरका केटीहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा जेफ्रीमाथि कारबाही बढाइएको थियो । उनलाई न्युयोर्क प्रहरीले पक्राउ गरेको थियो। कलिला केटीहरुसँग यौन सम्पर्क गरेको, महिलालाई यौनका लागि तस्करी गरेकोलगायतको अभियोगमा पक्राउ गरिएको थियो । विगतमा महिलामाथि यौनहिंसाको अभियोगमा जेल सजाय भोगिसकेका जेफ्रीलाई गम्भीर अभियोग लागेको थियो ।

अर्बपति इप्स्टिेनमाथि यौनसम्बन्धि रिङ चलाएको अभियोग लागेको थियो । त्यही रिङमार्फत् किशोरीहरु भेट्थे । उनले किशोरी भनेको समयमा पाइहाल्ने अवस्था बनाएका थिए । न्युयोर्कको मानहट्टनमा रहेको महलमा छानी छानी किशोरी लान्थे । सबै कर्तुतहरु बाहिर आएको थियो । दर्जनौं कम उमेरका किशोरीले उनीविरुद्ध उजूरी गरेका थिए ।-एजेन्सीको सहयोगमा; Photos: Agencies



प्रतिक्रिया दिनुहोस्