Logo

ट्रम्प, क्लिन्टनलगायतका संभ्रान्तहरुको नाम यौन दुराचारीसँग मुछिएपछि…



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बिल क्लिन्टन विवादमा परेका छन् । दुवैको यौन दुराचारीको अभियोगमा जेलमै आत्महत्या गरिएका भनिएका अरबपति जेफ्री इप्स्टिेनसँगको सम्बन्ध खुलेको छ ।

क्लिन्टनले इप्स्टिेनको निजी विमानमा सयर गरेको तथ्य अमेरिकाको अदालतसम्म पुगेको विषय सञ्चारमाध्यमहरुमा आएको छ । दुई दशकअघि क्लिन्टन उक्त निजी विमानमा चढ्दा कम उमेरका केटीहरु पनि रहेको विषय उठ्नुले सनसनी मच्चिएको छ ।

इप्स्टिेनको निजी जेट चढ्नेमा बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हुन् भन्ने विषय बाहिर आएको छ । ट्रम्पको इप्स्टिेनसँगको सम्बन्ध खुलेको छ । यसले विभिन्न शंका आशंका जन्माएको छ । इप्स्टिेनले यौनदासी झै बनाएकी महिलाहरुले अहिले आएर को को निजी टापुमा पुग्थे भनी खुलाउन थालेका छन् । ती नामहरुमध्ये सँसारका शक्तिशाली मानिसहरु पनि छन् । क्लिन्टन टापुमा पुगेको विषय एक महिलाले खुलाएकी छिन् ।


बेलायतका अधिराजकुमार आन्ड्रीउ पनि इप्स्टिेनसँग जोडिएका छन् । उनका लागि इप्स्टिेनले केटी व्यवस्था गरेको खुलासा भएको छ । इप्स्टिेनका विशेष सहयोगीले भनेर बेलायतका अधिराजकुमार आन्ड्रीउसँग यौन सम्पर्क गरेको एक महिलाले खुलासा गरिन् ।

को हुन् इप्स्टिेन

अमेरिकाको जेलमा १० अगष्टमा मृत फेला परेका अरबपति इप्स्टिेनको मृत्यु रहस्यमय बनेको छ । यौन दुराचारी र कम उमेरका महिलालाई यौन सम्पर्कका लागि वाध्य पारेको अभियोग लागेका संभ्रान्त जेफ्री इप्स्टिेन हुन् । उनी विश्वका अरबपतिहरुको सूचीमा फोब्र्स म्यागाजिनमा समेत उल्लेखित छन् ।

जेफ्री इप्स्टिेनको संगठन भीभीआइपीहरुसँग रहेको तथ्य बाहिर आएको छ । उनको सम्बन्ध अमेरिकी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प देखि पूर्व राष्ट्रपति बिल क्लिन्टनसँग समेत छ । बाह्य दुनियाँमा समेत उनको भीआइपीसँग सम्बन्ध थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् १९९७ मा इप्स्टिेनको निजी जेटमा बसेको विषय खुलेको छ । अदालतले यो विषय खुलाइनसकेपनि घटना बाहिर आएको छ । यसबारे ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी इप्स्टिेनको जेटमा बसेर कहाँ गएका थिए भन्ने विषय रहस्यमय बनेको छ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इप्स्टिेनको निजी टापुमा पुगेको विषय बाहिर आएको छ । इप्स्टिेनले भीआइपीसँग यौन सम्पर्कका लागि प्रयोग गरिएकी भर्जिनिया गिउफ्रीले क्लिन्टन बेलुकीको खाना खाने गरी टापुमा पुगेको खुलाएकी छिन् । तर, ट्रम्पले यसलाई अस्वीकार गरेका छन् ।

यौन दुराचारको अभियोग लागेका जेफ्री इप्स्टिेनले आफूले मात्र नभई भीआइपीका लागि समेत कम उमेरका केटीहरुलाई यौन सम्बन्ध राख्न लगाउँथे । दर्जनौं महिलाले त्यससम्बन्धी अभियोग लगाएका छन् । त्यसमध्ये एक गिउफ्री पनि हुन् । उनले इप्स्टिेनले प्रतिष्ठित मानिसहरुसँग यौन सम्पर्क गर्न लगाएको अभियोग लगाएकी छिन् ।

भर्जिनिया गिउफ्रीले खुलासा गरेको नामहरुमा अधिराजकुमार आन्ड्रीउ पनि परेका छन् । बेलायती राजपरिवारका सदस्य उनी रानी एलिजावेथका छोरा तथा राजकुमार चाल्र्सका भाई हुन् । सन् २००१ मा राजकुमार आन्ड्रीउसँग यौन सम्बन्ध राख्न इप्स्टिेनले पठाएको गिउफ्रीको दाबी छ ।

भर्जिनिया गिउफ्रीले इप्स्टिेनका सहयोगी घिसलेन म्याक्सवेलमाथि मुद्दा दायर गरिसकेकी छिन् । यौन दुराचारीको सञ्जालमा परेकी उनलाई म्याक्सवेलले यौन सम्पर्क गर्न वाध्य पारेका नामहरुमा चर्चित नामहरु परेपछि सनसनी मच्चिएको छ । कतिपय नामहरु अदालतले खुलाएको छैन । तर, १० अगष्टमा कतिपय नाम बाहिर आएका छन् । ती नामहरुमा राजकुमार आन्ड्रीउ, पूर्व न्यु मेक्सिकन गभर्नर विल रिचार्डसन, अरबपति ग्लेन डुबिन, मोडलिङ एजेन्ट जिन लुई ब्रनिल, पूर्व अमेरिकी सिनेटर जर्ज मिचेल, वैज्ञानिक मार्भिन मिन्स्काई छन् ।

आरोप लागेकामध्ये कतिपयले अस्वीकार गरिसकेका छन् । तर, गिउफ्रीले आफूसँग प्रमाण रहेको दाबी गरेकी छिन् ।१५ वर्षीया एक स्वीडीस केटीले आफूलाई इप्स्टिेनले व्यक्तिगत टापुमा लगी जर्बजस्ती करणी गरेको अभियोग लगाएकी छिन् । उनको घरमा सयौं केटीहरु पुग्ने गरेको तथ्य समेत खुलेको छ ।

रहस्यमय मृत्यु
कम उमेरका किशोरीहरुसँग यौन सम्पर्क गरेको र महिला बेचबिखनको सञ्जाल संचालन गरेको अभियोग लागेका अरबपति जेफ्री इप्स्टिेनको शव मृत अवस्थामा अमेरिकाको जेलमा भेटिएको हो । न्युयोर्कस्थित उनलाई राखिएको सुधारगृहमा १० अगष्टको विहान मृत भेटिएका थिए । घटना आत्महत्या भएको हुनसक्ने बताइएपनि रहस्यमय बन्दै गएको छ ।

झुण्डिएको अवस्थामा फेला परेका ६६ वर्षीय इप्स्टिेनलाई अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि अदालती कारबाही अगाडि बढिरहेको थियो । उनको मृत्युबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्