Logo

नीता ढुंगानाले आमेश भण्डारीसँगको सम्बन्धको रहस्य यसरी खोलिन, अब छिटै विवाह हुन्छ (भिडियोसहित)



काठमाडौं, २६ साउन । चर्चित नायिका नीता ढुंगानाले आफू प्रेममा रहेकोले छिट्टै विवाह गर्ने घोषणा गरेकी छिन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका ढुंगानाले यस्तो बताएकी हुन् । उनले आफू अभिनयको लागि हलिवड जान लागेको पनि सुनाईन् । ढुंगानको भावी योजना भनेको राजनीतिमा आउनु पनि हो ।

उनले आफू कलाकार भएकोले कलाकारितामा नै व्यस्त रहेको पनि सुनाईन् । स्टेज कार्यक्रमदेखि लिएर आफ्नै ब्यानरमा नयाँ चलचित्र निर्माण गर्न लागेको पनि उनले जानकारी दिईन् । उनले आफ्नो सुर्खेतदेखि हेडौडा हुँदै काठमाडौंसम्मको यात्रा र नेपाली चलचित्रको यात्रा पूर्ण रुपमा सफल भएको दाबी गरिन् । उनले आफूले चलचित्रमा लागेर केहीपनि नगुमाएको बरु नाम र दाम पाएको बताईन् ।



प्रतिक्रिया दिनुहोस्