Logo

इन्टरनेसनल च्याम्पियन्स कपमा रोनाल्डोको युभेन्ट्स पराजित



काठमाडौं । प्रिसिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा फुटबलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्ट्सलाई २–१ गोलले हराएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोलाई जिताउन दुवै गोल जोओ फेलिक्सले गरेका थिए ।

युभेन्ट्सका लागि सामी खेडिराले सान्त्वना गोल फर्काए । एट्लेटिकोले २४ औंमिनेटमा खाता खोलेको थियो । फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । त्यसपछि २९औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए । ३३औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई अगाडी बढाए ।

युनेन्ट्सले क्रिस्टियानो रोनाल्डो लगायत स्टार खेलाडी उतारेको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा लगातार गोलको अवसर बनाएपनि युभेन्ट्सले गोल फर्काएन सकेन । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि एट्लेटिको विजयी भयो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्