Logo

नापोलीमाथि बार्सिलोनाको शानदार जित, स्वारेज नायक



काठमाडौं, २६ साउन । स्पेनिस महारथि बार्सिलोनाले प्रिसिजनको मैत्रीपुर्ण खेलमा इटालियन क्लब नापोलीमाथि सानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले नापोलीलाई ४–० गोलले हरायो ।

बार्सिलोनाको फराकिलो जितमा लुइस स्वारेजले दुई एन्टोइन ग्रीजम्यानले र औसमाने डिब्बालेले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनाले चारवटै गोल दोस्रो हाफमा गरेको थियो ।

स्वारेजले ४८औं मिनेटमा सुरुवाती गोल गरे । ५६औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता बलियो बनाए । ६३औं मिनेटमा डिम्बालेले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाएका थिए । पहिलो हाफमा औसत प्रदर्शन गरेको नापोली दोस्रो हाफमा निरिह बन्यो ।

यसैगरी शनिबार रातिनै भएको अर्काे मैत्रीपुर्ण खेलमा इटालियन क्लब एसी मिलानले कोसोभोको क्लब फिरोनीकेलीलाई २–० ले पराजित गरेको छ । मिलानको जितमा सुसोले २६औं र फावियो बोरिनीले ५८औं मिनेटमा गोल गरे ।

अर्को खेलमा इन्टर मिलानले भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ७–६ गोलले हरायो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्