Logo

बाँदरमाथि गोली हान्दा महिलालाई छर्रा



दोलखा । बाँदरमाथि गोली हान्दा महिलालाई लागेको छ । बिगु गाउँपालिकाको ओराङडाँडामा बालीनाली खान आएको बाँदरलाई भरुवा बन्दुकको प्रयोग गरी भगाउन खोज्दा महिला घाइते भएकी हुन् ।

२५ साउनमा घटनामा गोली प्रहार गर्ने ओराङ देउलाङ बस्ने सोम बहादुर तामाङ पक्राउ परेका छन् । भरुवा बन्दुक पड्काउँदा सोही ठाउँ ओराङडाँडा बस्ने चमेली तामाङको पाखुरामा छर्रा लागेको थियो । घाइते चमेलीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रोलवालिङबाट खटिएको प्रहरीले सोमबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको वताएको छ । Photo File



प्रतिक्रिया दिनुहोस्