Logo

चोरी मोटरसाइकलमा नक्कली नम्बर प्लेट



काठमाडौं । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा प्रहरीले युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३२ सुविधानगरबाट तिनकुने बस्ने नवलपरासी घर भएका मनिष चापागाई हुुन् । उनलाई २५ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिग मार्ट अगाडि पार्किङ गरी राखेको बा.५८ प १६६४ नम्बरको मोटरसाइकल २४ साउनमा हराएकोले खोजी गर्ने क्रममा सोही ठाउँमा रहेको विप्लप मोटरसाइकल वर्कशपमा नम्बरप्लेट परिवर्तन गर्दै गरेको अवस्थामा फेला पारी मनिषलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्