Logo

भारतबाट चोरीपैठारीको सामान



जनकपुर । सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट २५ साउनमा करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । दुई वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै लत्ताकपडा र मोटरसाइकल सोही ठाउँमा छोडी फरार भएपछि उक्त सामान बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ २५ साउनमा करीब १ लाख ८२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ७ उजैनी चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।



प्रतिक्रिया दिनुहोस्