Logo

तरकारी काट्ने चक्कुले हानेर पतिको हत्या



काठमाडौं । सामान्य घरझगडामा पत्नीले पतिमाथि तरकारी काट्ने चक्कुले प्रहार गर्दा पतिको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपाकिला शान्त भवनमा भएको घटनामा संलग्न महिलालाई प्रहरीले २५ साउनको साँझ पक्राउ गरेको छ । मकवानपुर गढी गाउँपालिका ८ घर भएकी शिला घलेले पति जालमान स्याङ्तानमाथि चक्कु प्रहार गरेकी हुन् ।

तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा स्याङ्तानको बाटोमै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त पश्चात महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्