मुद्दा मिलाइदिने भनी घुस खाने प्रहरी


काठमाडौं । मुद्दा मिलाइदिने भनी घुस खाने प्रहरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार विरूद्ध विशेष अदालत काठमाडौमा आरोप(पत्र दायर गरेको हो

निजहरूले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीसँग अठार हजार घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रहरी नायव निरीक्षक रमेश बहादुर पाण्डेले प्रहरी नायव निरीक्षक राजु स्वर्णकार समेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा अनुसन्धानको सिलसिलामा थुनामा रहेका व्यक्तिलाई छिटो थुनामुक्त गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

Skip This

Omoda E5 Pro