ललितपुर । शुभतारा स्कुलले शुभ मोडल युनाइटेड नेसन्स सम्मेलन आयोजना गरेको छ । लामाटारस्थित शुभतारा स्कुलमा आयोजित कार्यक्रममा १५० प्रतिनिधि सहभागी थिए ।

सहभागीले बहु विषयमा छलफल गरेका थिए । उनीहरुले विश्वका विभिन्न देशहरुमा भइरहेको हतियारको बिगबिगीले उत्पन्न परिस्थितिका बारेमा अन्र्तक्रिया गरेका थिए । विशेषगरी सुडान, सिरिया र इराकमा आमनरसंहारकारी हतियारले गम्भीर अवस्था उत्पन्न भएकोबारे छलफल भएको थियो ।

सम्मेलनमा पूर्व रथी सी.बी.गुरुङले मोडल युनाइटेड नेसन्सले अन्र्तक्रिया र छलफलको वातावरण निर्माण भई बाहिरी दुनियाँसँग पनि ज्ञान आदानप्रदानका लागि अवसर प्रदान गर्ने बताए ।










९ देखि ११ सम्म चलेको युनाइटेड नेसन्स मोडलमा शुभतारा स्कुलका प्रतिनिधि पनि सहभागी थिए । तस्वीर स्रोतः शुभतारा स्कुल




प्रतिक्रिया