Logo

पाकिस्तानी विदेशमन्त्री पुगेको पर्सिपल्ट भारतीय विदेशमन्त्री चीनमा



पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी चीन पुगेको भोलिपल्टै भारतीय एस जयशंकर पुगेका छन् । ११ अगष्टमा बेइजिङ पुगेका उनले महत्वपूर्ण भेटवार्ता गर्ने तय भएको छ ।

काश्मिरलाई विशेष स्वायत्त राज्यको अधिकार दिइने संवैधानिक धारा खारेज गरेपछि जयशंकरको भ्रमण भएको हो । भ्रमणमा यसबारे विशेष कुराकानी हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आज १२ अगष्टमा जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछन् ।

भारतीय पक्षले काश्मिर मामला आन्तरिक भएको बताउँदै आएको छ । चीनले यो विषय उठाएमा यही जवाफ दिनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तानी विदेशमन्त्री कुरेसीले चीनमा काश्मिरको विषय उठाएका थिए । उनले काश्मिर मामलामा समर्थन जुटाउने प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्