Logo

‘सम्भोग जेट’: जसमा किशोरीसँग विश्वका शक्तिशालीहरु सम्भोग गर्थे (भिडियोसहित)



उनीसँग निजी जेट थियो । त्यही जेटमा कम उमेरका केटीहरु राख्थे । शक्तिशालीहरुलाई जेटमा राख्थे । निजी टापुमा लान्थे । कतिपय केटीहरुसँग निजी जेटमै सम्भाग गर्थे ।

हाइफ्रोफाइल अतिथिका लागि केटी व्यवस्था गर्थे । कतिपयलाई जेटमै सम्भोगको व्यवस्था गर्थे । कतिपय टापुसम्म पुग्थे । ती व्यक्ति जेफ्री इप्स्टिेन हुन् जो यौन दुराचारको अभियोगमा पक्राउ परेका थिए । जेफ्री इप्स्टिेन १० अगष्टमा जेलमै मृत भेटिए । आत्महत्या गरेको भनिएपनि उनको मृत्यु रहस्यमय बनेको छ ।

जेफ्री इप्स्टिेनका कर्तुतहरु खुल्दै जाँदा शक्तिशालीहरुको जीवनशैलीको डरलाग्दो पाटो उजागर भएको छ । जेफ्री इप्स्टिेनको संगठन भीभीआइपीहरुसँग रहेको तथ्य बाहिर आएको छ । उनको सम्बन्ध अमेरिकी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प देखि पूर्व राष्ट्रपति बिल क्लिन्टनसँग समेत छ । बाह्य दुनियाँमा समेत उनको भीआइपीसँग सम्बन्ध थियो । अहिले ती नामहरु विवादमा पर्ने देखिदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् १९९७ मा इप्स्टिेनको निजी जेटमा बसेको विषय खुलेको छ । अदालतले यो विषय खुलाइनसकेपनि घटना बाहिर आएको छ । यसबारे ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी इप्स्टिेनको जेटमा बसेर कहाँ गएका थिए भन्ने विषय रहस्यमय बनेको छ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इप्स्टिेनको निजी टापुमा पुगेको विषय बाहिर आएको छ । इप्स्टिेनले भीआइपीसँग यौन सम्पर्कका लागि प्रयोग गरिएकी भर्जिनिया गिउफ्रीले क्लिन्टन बेलुकीको खाना खाने गरी टापुमा पुगेको खुलाएकी छिन् । तर, ट्रम्पले यसलाई अस्वीकार गरेका छन् ।

यौन दुराचारको अभियोग लागेका जेफ्री इप्स्टिेनले आफूले मात्र नभई भीआइपीका लागि समेत कम उमेरका केटीहरुलाई यौन सम्बन्ध राख्न लगाउँथे । दर्जनौं महिलाले त्यससम्बन्धी अभियोग लगाएका छन् । त्यसमध्ये एक गिउफ्री पनि हुन् । उनले इप्स्टिेनले प्रतिष्ठित मानिसहरुसँग यौन सम्पर्क गर्न लगाएको अभियोग लगाएकी छिन् ।

भर्जिनिया गिउफ्रीले खुलासा गरेको नामहरुमा राजकुमार आन्ड्रीउ पनि परेका छन् । बेलायती राजपरिवारका सदस्य उनी रानी एलिजावेथका छोरा तथा राजकुमार चाल्र्सका भाई हुन् । सन् २००१ मा राजकुमार आन्ड्रीउसँग यौन सम्बन्ध राख्न इप्स्टिेनले पठाएको गिउफ्रीको दाबी छ ।

भर्जिनिया गिउफ्रीले इप्स्टिेनका सहयोगी घिसलेन म्याक्सवेलमाथि मुद्दा दायर गरिसकेकी छिन् । यौन दुराचारीको सञ्जालमा परेकी उनलाई म्याक्सवेलले यौन सम्पर्क गर्न वाध्य पारेका नामहरुमा चर्चित नामहरु परेपछि सनसनी मच्चिएको छ । कतिपय नामहरु अदालतले खुलाएको छैन । तर, १० अगष्टमा कतिपय नाम बाहिर आएका छन् । ती नामहरुमा राजकुमार आन्ड्रीउ, पूर्व न्यु मेक्सिकन गभर्नर विल रिचार्डसन, अरबपति ग्लेन डुबिन, मोडलिङ एजेन्ट जिन लुई ब्रनिल, पूर्व अमेरिकी सिनेटर जर्ज मिचेल, वैज्ञानिक मार्भिन मिन्स्काई छन् ।

आरोप लागेकामध्ये कतिपयले अस्वीकार गरिसकेका छन् । तर, गिउफ्रीले आफूसँग प्रमाण रहेको दाबी गरेकी छिन् ।
१५ वर्षीया एक स्वीडीस केटीले आफूलाई इप्स्टिेनले व्यक्तिगत टापुमा लगी जर्बजस्ती करणी गरेको अभियोग लगाएकी छिन् । उनको घरमा सयौं केटीहरु पुग्ने गरेको तथ्य समेत खुलेको छ । Photo Source: Youtube

 



प्रतिक्रिया दिनुहोस्