Logo

कांग्रेसले किन गर्यो रातारात मोदीलाई जम्मु-कश्मिर कदममा समर्थन ? (भिडियोसहित)



काठमाडौं, २७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरमा जुन कदम चालेका छन् त्यो भारतको आन्तरिक मामिला भएको टिप्पणी गरेका छन् । उनले भने, कश्मिर भारतको अभिन्न अंग हो । भारतको आफ्नो भुभागभित्र कस्तो खाले व्यवस्था गर्ने भन्ने कुरा त्यहाँको सार्वभौमसत्तासम्पन्न संसदले निर्णय गर्न सक्छ । त्यो कुरा चाहीँ उहाँहरुले गर्नुभएको छ ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले यस्तो बताएका हुन् । उनले अघि भनेका छन्, उहाँहरुले आफ्नो देशभित्र जुन निर्णय गर्नुभएको छ, त्यसमा हामीले आपत्ति गर्नुपर्ने त कुनै कारण नै छैन ?



प्रतिक्रिया दिनुहोस्