Logo

हाम्रो पार्टी वामदेवको लाइनमा जान्छ : देवेन्द्र पौडेल



देवेन्द्र पौडेल, स्थायी समिति सदस्य, नेकपा

नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेल सुनी संघर्षबाट खारिएका नेता हुन् । कम्युनिष्ट राजनीतिको आरोह अवरोहको प्रत्यक्ष अनुभवी उनी सिद्धान्त र विचारमा विशेष महत्व दिन्छन् । बौद्धिक नेता पौडेलसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

नेपाली कम्युनिष्ट पार्टीे एकता प्रक्रिया अहिलेसम्म टुङ्गिएन ?
टुङ्गिदै छ । धेरै कुरा टुङ्गि सकेको छ । कार्य विभाजन मात्र बाँकी छ अब ।

नेपाल कम्युनिष्ट पार्टीभित्र कार्यविभाजन नै महत्वपूर्ण हो ?
कार्यविभाजन पनि केन्द्रिय सदस्य धेरैको भइसक्यो । अब स्थायी समिति र सचिवालयका पदाधिकारी र बाँकी रहेका केन्द्रिय समितिको विभागिय र जनबृह संगठनको जिम्मेवारी बाहेक भूगोल सम्बन्धी टुङ्गि सकेको छ । धेरै कुरा ८० प्रशित भन्दा माथि टुङ्गिसकेको छ ।

अझै स्कुल विभागको प्रमुख को बन्ने भनेर विवाद भइरहेको छ तपार्इँ भने कुरा टुङ्गि सकेको छ भन्नु हुुन्छ ?
यो सामान्य कुरा हो । पार्टीमा अलि अलि इच्छा,चाहना,जिम्मेवारी प्राप्त गर्नको लागि साथहिरुले प्रयत्न गर्नलाई अशोभाविक मानिदैन । मान्छेका आफ्ना चाहाना,इच्छा र आकंक्षा हुन्छन् । तिनलाई प्राप्त गर्ने पार्टीको सन्दर्भमा कही न कही प्रकट हुनु मैले जिम्मेवारी पाए भने कार्य सम्पादन गर्न सक्छु भनेर इच्छादार गर्ने कुरालाई शोभाविक रुपमा मान्न सकिदैन ।

तर तपाईको पार्टीभित्र नेताहरुवचि द्धन्द्ध त छ नि ?
द्धन्द्ध पनि भन्न सकिएला तर मेरो भाषामा चाँहि छलफल, बहस,क्रियाप्रतिक्रियाहरुको विषयमा आफ्नो धारणहरु पार्टी भनेको विचारको केन्द्र भएको कारणले नेताहरुको वीचमा छन् हुनुपर्छ र मात्रै पार्टीमा गति पैदा हुन्छ ।

त्यसो भए स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाउन तपाईँहरु तयार हुनुभएको हो ?
यो कुनै ठूलो कुरा होइन । ईश्वर पोखरेल पनि पार्टीको जिम्मेवार कमरेड भएको हुँदाखेरी उहाँले कुनै पनि प्रकारको जिम्मेवारी लिन सक्षम हुुनुहुन्छ र पार्टीको निर्णय भयो भने उहाँले जिम्मेवारी लिदाँ हामी तयार नहुने कुरा हुदैन ।

त्यसो भए नारायणकाजीले छाड्नुपर्छ र ईश्वर पोखरेललाई बनाउनुपर्छ ?
यो निर्णय नभई भन्ने कुरा भएन ।

तपाईहरु कसको पक्षमा हुनुहुन्छ ?
दुवैजना सम्भावना भएका कमरेडहरु हुनुहुन्छ । मैले बुझेअनुरुप र यहाँले भने अनुरुप मैले उहाँहरुलाई भेटि पनि सकेँ र उहाँहरु पार्टीले तोकेको जिम्मेवार लिन तयार हुनुहुन्छ । मिडियामा आए जस्तो रक्साकस्सी यो आए हुन्थ्यो त्यो आए हुन्थ्यो भन्न्ो कुरा हुन्न भन्ने प्रकारको कुरा होइन । अलि बढी देशभरी भूमिका खेल्ने प्रकृतिको जिम्मेवारी भनेर साथीहरुले इच्छा राख्नु स्वभाविक हो र स्कुल विभागमा उहाँले इच्छा राख्नु भएको हो । पार्टीले निर्णय जुन कमरेडको पक्षमा गर्छ उही कमरेडलाई पार्टीले सहर्ष स्वीकार्छ ।

त्यसो भए स्कुल विभागको प्रमुखमा सहमति हुन्छ ?
मलाई जहाँसम्म लाग्छ सहमति हुन्छ ।

नारायणकाजी श्रेष्ठले ईश्वर पोखरेललाई समर्थन गर्नुहुन्छ ?
अहिले नै भन्न सकिदैन पार्टीको सचिवालयको बैठक उहाँहरु आफै पनि कमिटीको बैठक संचालनमा जिम्मेवार कमरेड हुनुहुन्छ । यो विषय सचिवालयको बैठक टुङ्गिएपछि एक–एक ओटा महत्वपूर्ण जिम्मेवारी लिने गरी टुङ्गो लाग्छ ।

अब जनताको जनबाद,बहुदल कि समाजवादतिर ?
अहिले हामी हिजोका जनताको जनबाद,बहुदलीय जनवादलाई समीक्षा गर्दै राम्रा कामहरु लिएर अब जनताको जनवादमा टेक्दै समाजवादी अभियान,विचार र अर्थतन्त्र विकास गर्ने काममा अगाडि बढ्छौ ।

वामदेव गौतमले भन्नुभएको छ तपाईको पार्टी समाजवादको रुपमा अगाडि बढ्न सक्छ कि सक्दैन ?
उहाँले भन्नु भएको कुरा एकदमै सही किन हो भने हामीले बनाएको संविधानको प्रस्तावनामा नै अबको देशको प्रणलीमा भनेको समाजवादी प्रणाली हुनेछ । समाजवाद उन्मुख प्रणाली जनताको उपलव्धीलाई हामीले जोड्दै त्यो विषयमा लैजाने भनेर संविधानमा नै हामीले लेखेको हुँदाखेरी संविधानमा लेखेको कुरा कार्यान्वयन गर्नु पार्टीको दायित्व हुन्छ । हामीले बनाएको संविधान भएको हुँदाखेरी बामदेब गौतमले अबको देशको कार्यदिशा समाजवाद, जनतावाद हुन्छ भन्ने कुरालाइृ म समर्थन गर्न चाहन्छु ।

तपाईँको पार्टीका धेरै नेताहरुले समाजवादको आफ्नो धारणा प्रष्ट पारेका छैनन् नि ?
समाजवाद भन्ने वित्तिकै आत्म निर्भर अर्थतन्त्र, उत्पादनमा सम्बन्धहरु, उत्पादनका साधनको सही प्रयोग,अनतर्राट्रिय सम्बन्ध आदि इत्यादिमा हामीले अर्थ प्रणालीको विकास, आयस्रोतको विकास र रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ । त्यसले मात्र समाजको आधार तयार पार्छ । हामीले हिजो गरेका आन्दोलनहरु नौलो जनवाद भने पनि, बहुदलीय जनवाद भने पनि हामीले एकात्मक शाहवंशीय राजतन्त्रको अन्त गरेर संघीय लोकतान्त्रिक गणतनत्र नेपाली विशेषताको भनेको हामीले । हामीले हिजो भनेका फरक फरक पार्टीमा फरक फरक भनेका कुरा फरक ढंगले प्राप्त गरिसक्यौ । अब हिजो आन्दोलनले संस्थागत गरेका विषयलाई रक्षा गदै अरु विषयलाई प्राप्ति गर्नका लागि अगाडि बढ्न समाजवादी यात्रा नै हो । समाजवादीका निम्ति नै एउटा बहस, छलफल आवश्यकता भएको हामीले महशुस गरेका छौ ।

नेपाल कम्युनिष्ट पार्टी पुँजीवाद तिर गएकोे छ नि ?
पुँजीवाद भनेको नराम्रो कुरा होइन खासगरी युरोपमा समाजवादी विचार भन्दा पहिला पुँजीवादी विचार अन्त भइसकेपछि समाजवादी विचार भनेर भनियो तर जुन वेसमा अर्थ प्रणलीको विकास भएको छैन ती देशमा पुँजीवादी क्रान्ति खासगरी समाजवादहरुले भनेका हुन् । माक्र्सवादीहरुले नै माओको भाषामा भन्दा जनवाद अथवा पुँजीवादी कृषि क्रान्तिm भनेका थिए । त्यसकारण पुँजीको विकास गर्ने सही कुरा हो पूजीवादलाई हामी सम्मान गछौ तर वादको हिसावले हामी चाँहि पुँजीवादको निरन्तरता हैन पुँजीको विकास गरेर जनताको पक्षमा राज्य प्रणलीलाई अभिवयक्त र जनतालाई अधिकारको प्रत्याजनलाई हामीले समाजवाद भनेका छौ र त्यो दिशातिर जानको निम्ति पुँजीको विकास गर्ने गरी हामीले यो प्रणलीको सुनिश्चतता गरेका हौ ।

अहिलेको अवस्थामा भन्दा तपाईहरुले कम्यिुनिजमको सिद्धान्तलाई आत्मासाथ गर्नुभएकोे छ ?
१९ औ शताव्दीको उत्तरार्ध र २० औ शताव्दीको पहिलो चरणका विश्वको एकात्मक प्रणली हामीलाई स्वीकार्य छैन । प्रतिस्पर्धा सहितको स्वतन्त्रता सहितको समाजवादी जहाँ अर्थ प्रणलीको विकासमा प्रत्येक नागरीकले अभिव्यक्तिको स्वतन्त्रता र उसको वाच्ने अधिकारको स्वतन्त्रता राज्यबाट पाउँछ त्यस्तो प्रकृतिको मोडेलको २१ औ शताव्दकिो समाजवाद हामी चाहेका छौ । त्यसो भएर परम्परागत समाजवाद पनि होइन पुँजीवाद समाजवाद पनि होइन नेपाली विषेशताको भएको समाजवादको हामीले कल्पना गरेका हौ ।

त्यसो भए तपाईहरुले देशमा अधिनायकवादको सिद्धान्तलाई आत्मासाथ गदै हुनुहुन्छ ?
विल्कुलै सही होइन अधिनायकवाद हामीलाई स्वीकार्य छैन र संसार भरका कुनै पनि कम्युनिष्टहरुले अधिनायकवाद स्वीकादैनन् । एउटा मात्र शव्द प्रयोग गर्ने गरेका छन् सर्वहारा जनताको अधिनायकत्व भनेर भनिएको थियो २० औं शताव्दीको कम्युनिष्ट पार्टीको घोषणापत्रमा । आज हामी अर्को युगमा प्रवेश गरेका छौ । त्यसैलाई परिमार्जन र विकसित गर्ने भनेका छौ । जनताको पक्षमा जनताको हितमा जनताको प्रतिस्पर्धाको प्रणलीद्धारा राज्यको प्रणलीमा जाने कुरालाई नै हामीले मानेका छौ त्यसो भएर एकदलियता विल्कुल सम्भव छैन र त्यसलाई हामीले भनेका पनि छैनौ । आजको युग भनेको प्रतिस्पधाको युग हो । प्रतिस्पर्धाको युगमा दलहरु प्रतिस्पर्धा गरेर जनताको मन जितेर अगाडि बढ्ने कुरालाई नै हामीले मानेर जान्छौ ।

त्यसो भए तपाईहरु रुस र चीनको जस्तै विकास शैली अपनाउने तयारीमा हुनुहुन्छ ?
रुस एक जमानामा निकै विकास गरेको देश हो र अहिले पनि आफेनै प्रकारले अगाडि बढेको छ । चीनले आफ्नो जनतालाई मात्र होइन कि संसारभरि नै चीनले निमार्ण गरेको मोडेललाई अगाडि बढाउन चाहन्छ । त्यसो भएको हुँदा कतिपय सैद्धान्तिक वैज्ञानिक कुरामा हाम्रा केही मतभेदहरु होलान तर मुलभुत रुपमा चीनले लिएको बाटो विश्व बदल्ने बाटो मानव जातीलाई एउटा अभियानमा लिएर जाने बाटो पृथ्वीमा विकास समृद्धिले र प्रविधिले पूर्ण रुपमा मानवजातिलाई अगाडि बढाउने किसिमले लिएको हुँदा चीनको समग्र पाटोलाई हामीले समर्थन गरेका छौ ।

त्यसो भए अब नेपालका कम्युनिष्ट चीनको मोडेलमा जान्छ ?
बिल्कुलै चीनको मोडेलमा गए धेरै राम्रो हुन्थ्यो । चीनको मोडेलमा जान नसकेर विग्रिएको । चीनले निकै प्रगति गरेको छ । चीनले गरेको त्यो प्रगतिलाई हामीले सम्मान गछौ र त्यो दिशामा लैजाने प्रयत्न हाम्रो रहन्छ ।

अहिले नेपाली समाज पुँजीवादबाछ समाजवादमा रुपान्तरण हुने युगमा छ यस परिस्थितिमा पार्टीको कार्यक्रम पुँजिवादी जनवाद होइन समाजवाद मात्र हुन सक्छ बामदेव गौतमको तर्क रहेको छ नि ?
हामीले ल्याएको प्रणाली भनेको न सामान्तवाद ल्यायौ न हामीले कुनै अर्को प्रणाली ल्यायौ । सामन्तवादको अन्त गरिसकेपछि अब विकास र समृद्धिको बाटोबाट जाने भनेको समाजवादी बाटो नै हो । त्यसकारण बामदेव जी भनेको कुरामा पार्टीले नै छलफल गर्छ । देशकै संविधानले उल्लेख गरेको बाटो भएको हुनाले त्यो कुरा सही छ ।

त्यसो भए वामदेव गौतमको लाइनम तपाईको पार्टी जान्छ ?
मलाई जहाँसम्म लाग्छ त्यही छलफलमा हामी जान्छौ ।

तर केपी शर्मा र माधव कुमारले मान्नु प¥यो नि तपाईका पार्टीमा धेरै गुट, धारहरु छन् नि ?
हैन म प्रस्ट भन्न चाहन्छु न हामीले सामान्तवाद ल्याउने हो न हामीले पुँजीवाद ल्याउने हो अब हामीले त समाजवाद ल्याउने हो नि अबको क्रान्ति भनेको त समाजवादी प्रणली निर्माण गर्नको निम्ति चाँहिने आवश्यक कुराहरु परिपूर्ति गर्ने अभियान नै अबको समाजवादी बाटो हो ।
जः अहिले जम्मु काश्मिरमा भएको भारतीय प्रधानमन्त्री नरेन्द ्रमोदीको कदम प्रति तपाईको पार्टीको दृष्ट्रिकोण के हो त ?
यो पार्टीले पनि आधिकारिक रुपमा बोलेको छैन । राज्यको तर्फबाट परराष्ट्रले मन्त्रालयले पनि बोलेको छैन । यो मेरो व्यक्तिगत धारणा मात्र हुन सक्छ । दुई देशको वीचको आफ्नो कुरा हो । खासगरी भारत र पाकिस्तान बिचान भएका सन्धी सम्झौता र कास्मिरको विगतदेखि अहिलेको समस्यालाई स्थायी रुपमा सुल्झ्याउनको निम्ति भारतीय पक्षले गरेको त्यो निर्णय हो । उहाँहरुको निर्णय आफ्नै निर्णय हो । उहाँहरुको निर्णयमा हाम्रो तर्फबाट कुनै अर्को देशको सार्वभौममा खलल नपर्ने आफ्नो निर्णय उहाँहरुले गर्न सक्नु हुन्छ । यसमा हामीले बढी भन्न सक्दैनौ । भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो पाकिस्तान पनि हाम्रो मित्र राष्ट्र हो ।

तपाईको प्राथमिकता भारत कि पाकिस्तान ?
सिमानाको हिसाव र हाम्रो दैनिकी जोडिएको भारत पक्षीय हो र भारतीय पक्षसँगको सम्बन्ध निकै महत्वपूर्ण रुपमा जोडिएको बुझेका छौ । पाकिस्तान पनि हाम्रो मित्र राष्ट्र भएको हुनाले पार्टीको सिद्धान्त अनुरुप हाम्रो कुनै दुस्मनी हुन्न ।

पाकिस्तानसँग सम्बन्ध राख्दा तपाईहरुलाई के फाइदा छ ?
हैन, हामीले भारतसँग लडाई झगडा गर्ने भनेकै छैन ।

तपाईको प्राभमिकता भनेको पाकिस्तानसँग पनि मिलेर जानुपर्छ भन्ने हो ?
भारतसँग हाम्रो ऐतिहासिक सम्बन्ध छ भाइचाराको सम्बन्ध कायमा गरेर जानुपर्छ र पछि केही हिजोका असमान सन्धी सम्झौताको पुन विचार गर्नुपर्छ र एक देशले अर्को देशलाई साने ठूलोका आधारमा हैन कि पारस्परिक सहयो र सम्बन्धका आधारमा बुझ्नुपर्छ गहण गर्नुपर्छ भन्ने हामीले निरन्तर उठाउँदै आएका छौ । त्यसकारण भारतीय पक्षसँग हाम्रो सम्बन्धलाई जारी राख्नुपर्छ । पाकिस्तानसित पनि भारत पाकिस्तानको अन्तरविरोधका कारण नेपालले दुस्मनी बनाउनु पर्ने कुनै कारण छैन ।

धेरै राष्ट्रले मोदीको कदमलाई समर्थन गरिसके ?
त्यो बारेमा हाम्रो परराष्ट्र मन्त्रालय र राज्य बोलेपछि मात्र हामी बोल्न सान्दर्भिक हुन्छ । हामी हाम्रो देशका नागरीक हौ । हामीले कतिपय विषयमा टिप्पणी गरिहाल्नु पनि राम्रो हुँदैन । परराष्ट्र बोलेपछि हामीले त्यो बारेमा संस्थागत धारण बनाउँछौ ।

जम्मुकास्मीरका नेपालीहरु सुरक्षित छन् तर चिन्तित छन् समस्या समाधान होस भन्ने पक्षमा छन् ।
जम्मुकास्मीरमा रहेका नेपाली मात्र होइन कोही पनि नागरीक सुरक्षित हुनुपर्छ । हिंसको बाटो,युद्धको बाटो,लडाईको बाटो आजको युगमा राम्रो हुँदैन । त्यसकारणले अझै पनि हामी उहाँहरुलाई के भन्न चाहन्छौ भने दुई देशका वीचमा भएका समस्याहरु वार्ता,सहमती र संवादको प्रक्रियाबाट हल गर्नुपर्छ । जम्मुकास्मीरमा नेपाली लगाएत रहेका जनताहरुले दुई देश वीचको वार्ता,सहमती र संवादको प्रक्रियाबाट सुरक्षाको प्रत्याभूती भएको ग्रहण गर्ने गरी उहाँहरुको सुरक्षाको जिम्मा दुवै देशले लिनुपर्छ । लडाई, युद्ध होइन वार्ताद्वारा समस्याको हल गरियोस् भन्न चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot