Logo

तिमीले पाकिस्तानविरुद्ध आणविक युद्ध चाहेको भनी प्रीयंका चोपडांंमाथि प्रश्न गरेपछि…



बलिउड स्टारन प्रीयंका चोपडां कडा प्रश्नको सामना गर्न वाध्य भएकी छिन् । उनले ट्वीट गरेको विषयलाई लिएर लस एन्जलसमा पाकिस्तानी महिलाले खरो प्रश्न सोधिन् ।

लोकप्रीय अभिनेत्री हुनु र युनिसेफको गुडविल एम्बेसेडर भएको अवस्थामा किन पाकिस्तानलाई लक्षित गरी युद्धप्रेरित ट्वीट गरको भनी आयशा मलिकले प्रश्न गरिन् । प्रियंकालाई ढोंगी भनिन् । १० अगष्टमा लसएन्जलसमा आयोजित कार्यक्रममा प्रश्नोत्तर हुँदा माइक्रोफोन लिएकी मलिकले प्रश्न सोधिरहँदा माइक काटिएको थियो । आक्रामक तरिकाले मलिकले प्रश्न उठाइरहिन् ।

Ayesha Malik

‘युनिसेफको गुडविल एम्बेसेडर हुँदा जय हिन्द इन्डियन आर्मड फोर्सेस भनी ट्वीट गर्यौ,’ मलिकाले भनिन् । करोडौं पाकिस्तानीले मनपराउने नायिकाले पाकिस्तानमाथि आणविक युद्ध चाहने ? भनी प्रश्न गरिन् । प्रश्न गरिरहँदा मलिकको माइक खोलिएको थियो । उनी माइक खोलिएपछि पनि प्रश्न गरिरहिन् ।

सालिन रुपमा प्रस्तुत हुँदै प्रियंकाले आलोचनाको बचाऊ गरिन् । आफूले कहिले युद्ध नचाहेको तर आफू देशभक्त भएको बताइन् । उनले भनिन्,‘म कहिले युद्ध चाहन्न तर म राष्ट्रभक्त हुँ ।’ आफूसँग धेरै पाकिस्तानी साथी रहेको प्रतिक्रिया दिइन् । कसैको भावनामा ठेस पुग्न गए क्षमा माग्न चाहेको बताइन् । बलिउड स्टार प्रियंका चोपडा पाकिस्तानीमाझ पनि उत्तिकै लोकप्रीय छिन् ।



प्रतिक्रिया दिनुहोस्