Logo

शाकाहारी भोजनले आयु बढाउने, मुटुको जोखिम कम गर्ने



शाकाहारी भोजनले मानिसको आयु बढाउने अध्ययनले देखाएको छ । सात्विक भोजनले मुटुको जोखिम पनि कम गर्ने देखिएको छ ।
जर्नल अफ दी अमेरिकन हार्ट एशोशिएसनमा प्रकाशित लेखमा शाकाहारी भोजनले आयु बढाउने देखाएको हो । मासांहारी भोजन गर्नेभन्दा शाकाहारी भोजन गर्नेलाई १६ प्रतिशत मुटुसम्बन्धी खतरा कम हुन्छ । त्यस्तै, मृत्युको खतरा पनि २५ प्रतिशत कम खतरा हुन्छ ।

अध्ययनका लागि १२ हजार एक सय ६८ जना मध्यम उमेरका पुरुषहरुबाट तथ्यांक संकलन गरिएको थियो । सन् १९८७ देखि २०१६ सम्म १२ हजार मानिसहरुबाट नमूना संकलन गरिएको थियो ।


अध्ययनले साकाहारी भोजन स्वस्थ तौल कायम राख्ने देखि रक्तचाप ठिक अवस्थामा राख्न र रक्तनली ठिक तरिकाले राख्न सहयोगी हुने देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्