Logo

मन्त्री भट्टराईद्वारा डोलेश्वर मन्दिरमा पूजाआजा



काठमाडौं, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज पुग्नुभएका मन्त्री भट्टराईले यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले यसका लागि आफ्नो तर्फबाट सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत आवश्यक सहयोग गर्ने बताए । सो अवसरमा मन्त्री भट्टराईले डोलेश्वर मन्दिरको अवलोकनका साथै पूजाआजा पनि गरेका थिए ।

सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू लागि परेको बताए । उनले नगरपालिकाले १० वटै वडामा रहेका शिवालयलाई समेटेर ‘शिव सर्किट’ निर्माण गर्न लागेको बताए । घ्याम्पेडाँडा, रानीकोट, आशापुरी, नंखेल, काँक्राबारीलगायत क्षेत्रमा होमस्टे ९घरबास० देखि भ्यू टावरसमेत निर्माण गरिने उहाँले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्