Logo

गाइगोठमा जुवातास



पोखरा । गाइगोठमा जुवातास खेलिरहेका युवाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की, पोखरा महानगरपालिका ३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने विकाश थापा सहित ११ जना पक्राउ परेका छन् ।
उनीहरुको साथबाट नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र तीन बुक तास बरामद भएको छ । प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले २६ साउनको दिउँसो पक्राउ गरेको जनाएको छ ।

यसैगरी कास्की, पोखरा महानगरपालिका १६ स्थित घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने गंगा प्रसाद गुरुङ सहित आठ जनालाई नगद २६ हजार १ सय ८५ रुपैयाँ र तीन बुक तास सहित २६ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

साथै कास्की, पोखरा महानगरपालिका १० रामघाटस्थित उर्मिला लामिछानेले संचालन गरेको पर्वत होटलभित्र जुवातास खेलिरहेका लामिछाने लगायत ६ जनालाई नगद ३६ हजार ३ सय ३० रुपैयाँ र ३ बुक तास सहित २६ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हरि बहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्य्विनायक बस्ने रामेछाप घर भएका ज्ञान बहादुर लामा लगायत चार जनालाई नगद ३० हजार ६ सय ४० रुपैयाँ र ६ बुक तास सहित २६ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्