Logo

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी



काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा विद्युत् चुहावट भएर आगालागी भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जनाएका छन । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका भने आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्