Logo

बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँचको मृत्यु



अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् ।

पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ । मृत्यु भएका बालबालिकाहरूमा आठ महिनादेखि सात बर्षसम्मका रहेका छन । आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको थियो ।

आगलागी भएको २५ मिनेट भित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । उनीहरुले घरको पहिलो तलाको झ्यालबाट ठूलो आगोको मुस्लो बाहिर निस्किरहेको देखेको बताएका छन् ।

तल पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिकाहरु थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाई छ ।

अग्नि नियन्त्रकहरुले घटनास्थलमा पुग्ने वित्तिकै आगो निभाउन धेरै प्रयास गरेपनी आगो निभाउन नभ्याउँदै ती बालबालिकाहरुको मृत्यु भएको समाचारहरुमा जनाइएको छ ।पाँच बालबालिकालाई अग्नि नियन्त्रकहरुले बाहिर निकाल्न सफल भएका छन ।

आफ्नै घरमा स्याहार केन्द्र चलाएकी संचालक एलाइन हारिस भने आफुलाई आगोले पोल्न थालेपछि भागेर आफै अस्पताल गएकी छन् । उनी आफै सवारी चलाएर अस्पताल गएको र भाग्दै गर्दा बाटोमा दुर्घटना भएपनि अहिले अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्