Logo

राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने सात यौन बजार



हाम्रो समाजमा यौनको बारेमा खुलेर कुरा गर्न लाज मान्ने अवस्था रहेपनि संसारमा त्यस्ता पनि देश छन जहाँ खुला यौन बजारले प्रसय पाएका छन् । पर्यटक प्रर्वद्वन भएका केहि त्यस्ता देशमा त झन यौन बजारले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निभाएको सुन्नमा आउन्छन् ।
पछिल्लो समयमा सहबास बजार फस्टाउँदै गएको छ ।नेपालमा पनि लुकि लुकि यस्ता अधोसित क्षेत्रहरु बेला बेला प्रहरीले पत्ता लगाउदै आएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।

डोमेनिकन गणतन्त्र

विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् ।

डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

कम्बोडिया

कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् ।

कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।

नेदरल्यान्ड्स

नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।

केन्या

अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।

ब्राजील

पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो ।

यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन्

फिलिपिन्स

फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् ।

कोलम्बिया

कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् ।

यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् । निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन बजार फस्टाउदो छ ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्