Logo

राजीनामा दिएर कता हराए सांसद सूर्यनारायण यादव



काठमाडौं । जनकपुरका लोकप्रीय चिकित्सक थिए डा. सूर्यनारायण यादव । जनकपुरमा रहेको क्लिनकमा उनले दिने उपचारले लोकप्रीयता पाएको थियो । तराई मधेशका जनताका प्रीय चिकित्सक यादवलाई तत्कालिन संघीय समाजवादी पार्टीले सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दियो ।

लोकप्रीय चिकित्सक यादवले आरामले चुनाव जिते । लोकप्रीयताका कारण उनी चुनाव जित्न सके । उनको लोकप्रीयताका कारण समाजवादी पार्टीलाई तराई मधेशका अन्य क्षेत्रहरुमा पनि फाइदा पुग्यो । अहिले यादवले समाजवादी पार्टी नेपालको गठनपछि असन्तुष्टि जनाएका छन् ।
असन्तुष्टि बढ्दै जाँदा २८ साउनमा सांसद पदबाट राजिनामा दिएका छन्। सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएपछि तरंग आएको छ । स्वास्थ्यका कारण राजीनामा दिएको भनेपनि उनी समाजवादी पार्टीको एकतापछि असन्तुष्ट छन् । उनको राजीनामा स्वीकृत भई उपचुनाव हुनसक्छ ।

राजीनामापछि डा.सूर्यनारायण यादवसँग पटक पटक सम्पर्क गर्न खोज्दा हुन सकेन । उनको मोबाइल नम्बर ९८५४०२०२६० बन्द गरिएको छ । रिपोर्टर्स नेपालले पटक पटक सम्पर्क गर्न खोज्दा मोबाइल खुलेको छैन । Photo: Social Network



प्रतिक्रिया दिनुहोस्