Logo

नेपालमा गणतन्त्र पूर्ण रुपमा असफल : भण्डारी (भिडियोसहित)



काठमाडौं, २८ साउन । नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालमा गणतन्त्र पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रले नागरिकका अपेक्षाहरु पूरा गर्न नसकेको आरोप लगाए । उनले भने,‘गणतन्त्रले भ्रष्टाचार मौलाउन दियो, भ्रष्टाचारलाई गाउँ गाउँमा पुग्न दियो । बेथिति गाउँसम्म पुग्यो । लुटतन्त्रले मुलुकलाई ग्रस्त बनायो ।’

भण्डारीले गणतान्त्रिक व्यवस्थाका कारण मुलुकको राष्ट्रियतामाथि नै गम्भिर प्रश्नचिन्ह खडा गरेको सुनाए । यद्धपी उनले सैद्धान्तिक रुपमा गणतन्त्र आँफैंमा नराम्रो भने नभएको जिकिर गरे । उनकाअनुसार नेपालमा गणतन्त्रको प्रयोग गलत भएको छ । उनले नेपालमा अदृश्य शक्तिसँगको साँठगाँठका कारण राजतन्त्र हटेको बताए ।

उनले केही समय अघि आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँगपनि भेटवार्ता गरेको सुनाए । शाहसँगको भेटवार्तामा आफूले नेपालबाट राजसंस्था कसरी गयो ? भनेर प्रश्न गरेको सुनाए । उनले भने,‘मेरो प्रश्नको जवाफमा उहाँले मैले नेपाली नागरिकको साथ रोजें, मुलुकको माया गरें भन्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्