Logo

सरकार जनताको अपमान गरिरहेछ-डा. डिला संग्रौला



नेपालमा ठुला–ठुला आन्दोलनहरु भए । २००७ को आन्दोलनले जनतालाई रैतिबाट नागरीक बनायो । २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो ।

२०६२/६३ को आन्दोलनले राजालाई बिदा गरी सिंहदारबारको अधिकार गाँउमा पुर्यायो । यी जन्आन्दोलनमा धेरै नेपाली जनताले देशको विकास र समृद्धिको लागि रगत बगाए । तर, आज जनताको रगतको बदला, भ्रष्टाचार, दलाली, विषादी र घमण्डले बिगतमा बगेको् रगतको अपमान गरिरहेको छ । अपमानको नेतृत्व वर्तमान सरकारको नेताहरुले गरिरहेका छन् । यो भन्दा ठूलो चुनौती प्रजातन्त्रको लागि के हुन सक्छ ? प्रजातान्त्रिक आन्दोलनको अपमान, जनतालाई अपमान र राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलार्र्ई हुँदैन । Photo:File
२८ साउनमा संसद प्रतिनिधि सभाको वैठकमा सांसद संग्रोलाले राखेको विचार



प्रतिक्रिया दिनुहोस्