Logo

गायिका इन्दिरा जोशी बक्सिङ स्टार मेक्स बीसँग भेटिइन्



काठमाडौं । लोकप्रीय गायिका इन्दिरा जोशी दरबार्गमा खाइलाग्दो युवकसँग देखिइन् । छ फिटभन्दा अग्लो खाइलाग्दो युवकसँग भेटिएपछि धेरैको ध्यान त्यसतर्फ गयो ।

२८ साउनको विहानै दरबारमार्गमा इन्दिरासँग भेटिएका ती युवकबारे सोधीखोजी भयो । ती युवक पनि लोकप्रीय बक्सर मेक्स बी भन्ने पत्ता लाग्यो । मेक्सी बी अहिले नेपाली बक्सिङ दुनियाँका सबैभन्दा लोकप्रीय हुन् ।

रेस्लिङ समेत खेलिसकेका उनी खेल जीवनको शुरुमा भलिबल खेल्थे । पछि मात्र बक्सिङ खेले । बक्सिङको दुनियाँमा उनलाई विद्रोही बक्सर भनिन्छ । मेक्सी बी कहिले प्रशिक्षकसँग त कहिले बक्सिङका पदाधिकारीसँग विवाद गरेर चर्चामा आउँछन् ।

३० कटिसकेपनि मेक्स बी अविवाहित छन् । उनले कहिले विवाह गर्लान् भन्ने चासो बढ्दै गएको छ । गायिका इन्दिरा जोशी पनि अविवाहित छिन् । उमेर मिल्दो भएकाले मेक्स बीसँग देखिंदा धेरैले जिज्ञासा राखे । यसबारे मेक्सी बीसँग सोध्दा अचानक दरबारमार्गमा भेटिएको जवाफ दिए ।

भेटपछि दुवैले फोटो खिचेका छन् । तस्वीरमा इन्दिराले पनि मेक्स बीसँगै बक्सिङको पोज दिएकी छिन् । दुवै हँसिलो मुद्रामा देखिन्छन् । तस्वीरः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्